नेपाली वैज्ञानिकलाई अन्तरराष्ट्रिय सम्मान

Jan 6 • समाचार

महोत्तरी, २२ पुस । नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत धानसम्बन्धी वैज्ञानिक उज्ज्वल केआरएस कुशवाहालाई सन् २०१८ का लागि ‘इ–लाइफ एम्बेसाडोर’ घोषणा गरिएको छ । सर्लाहीमा जन्मेका कुशवाहा यसअघि सन् २०१६ मा ‘कालो चामलः अनुसन्धान, इतिहास र विकास’ नामक पुस्तक प्रकाशन गरी चर्चामा आएका थिए । हाल उनि भारतस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रौद्योगिक विश्वविद्यालय पंतनगरमा आनुवंशिकी र बाली प्रजनन विषयमा विद्यावारिधि गरिरहेका छन् ।
कुशवाहाका हालसम्म चार दर्जनभन्दा बढी अनुसन्धानपत्र विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । उनले करिब एक दर्जन राष्ट्रिय र अन्तरराष्ट्रिय पुरस्कार पाइसकेका छन् । केही समय पहिले नोभेम्बर २०१७ मा भारतमा भएको वैज्ञानिक सम्मेलनमा उनलाई वेस्ट पेपर अवार्ड दिइएको थियो । इ–लाइफ अन्तरराष्ट्रिय विज्ञान प्रकाशन समूह हो जसको प्रमुख कार्यालय बेलायतमा रहेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

« »