शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संरचना

काठमाडौं,साउन । साउन १ गतेदेखि कार्यान्वयनमा ल्याउने भनिएको नयाँ संगठन संरचनामा कर्मचारी मिलान गर्न निकै नै धौ धौ परेको कृषि विकास मन्त्रालयले ७ महाशाखा तय गरी महाशाखा प्रमुखहरु समेत तोकिसकेको छ ।
कहिले फुट्ने र कहिले जुट्ने गर्दै आईरहेको कृषि विकास मन्त्रालय यतिखेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयका रुपमा रहेको छ । सो मन्त्रालयमा विगतमा भएको महाशाखाहरुको नाममा समेत परिवर्तन एवं परिमार्जन गरी ७ महाशाखा स्थापित भएको छ । सरुवाको मौसम भएका कारण यही मौकामा सातै वटा महाशाखामा सहसचिव स्तरका कर्मचारीलाई जिम्मेवारी समेत दिईसकेको छ ।
जस अनुरुप कृषि विकास महशाखामा तेजबहादुर सुवेदी, योजना तथा विकास सहायता समन्वय महाशाखामा डा. योगेन्द्रबहादुर कार्की, कृष तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखामा लेखनाथ आचार्य , पशुपन्छी तथा मत्स्य विकास महाशाखामा श्याम पौडेल, पशु स्वास्थ्य महाशाखामा डा. कृष्णलाल, खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखामा ईश्वर रिजाल र प्रशासन महाशाखामा रघुराम विष्टलाई प्रमुखका रुपमा जिम्मेवारी दिईएको ।
त्यस्तै कृषि विकास मन्त्रालय र मातहतका उपसचिवहरुको पनि आईतवार मात्रै व्यापक फरेवदल गरिएको छ ।

यस्तो छ कृषि विकास मन्त्रालयको संरचना (तस्वीरमा)

प्रकाशित मिति: सोमवार, साउन २८, २०७५