शुक्रबार, चैत्र १६, २०८०

केडियाद्धारा विदेशबाट दूध आयात स्वीकार

काठमाडौं, २६ पुस । नेपाल डेरी एशोसिएसनका अध्यक्ष एवं सिताराम दूधका प्रवन्ध निर्देशक सुमित केडियाले दूध उद्योगहरुले बाहिरबाट दूध आयात गरी विक्री वितरण गरेको स्वीकार गरेका छन् ।
एशोसिएसनको १९ औं बार्षिक साधारणसभालाई लक्षित गरी आयोजना गरिएको पत्रकार सम्मेलनमा केडियाले सो कुरा बताएका हुन् ।
उनले गर्मी मौसममा नेपालमा दूध उत्पादनमा कमी आउने भएकाले पाउडर दूध खरिद गरेर ल्याउँदा महंगो पर्ने भएकाले भारतका गाईभैसीको दूध ल्याउँदा सस्तो पर्ने भएकाले भारतबाट उद्योगीहरुले दूध ल्याउने गरेको बताए ।
नेपालमा पछिल्लो समयमा दूध उत्पादन ४ प्रतिशतले बृद्धि भएको उपभोग गर्नेहरु ८ प्रतिशतले बृद्धि भएको समेत केडियाले बताए ।
कार्यक्रममा नेपालमा दुग्ध उत्पादन क्षेत्रमा ४ लाख ५० हजार किसान परिवार संलग्न रहेका छन् भने दुग्ध उत्पादन क्षेत्रमा १५ अर्व भन्दा बढीको लगानी उद्योगस्तरमा गरिएको जानकारी दिइएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस २६, २०७४