शुक्रबार, चैत्र १६, २०८०

दुग्ध विकास संस्थानको महाप्रवन्धकमा शितलकाजीको सम्भावना

काठमाडौं , पुस । लामो समयदेखि रिक्त रहेको दुग्ध विकास संस्थानको महाप्रवन्धमा खुल्ला प्रतिष्पर्धामा नियुक्तिका लागि गरेको आव्हानमा १० जनाले निवेदन दिएका थिए । निवेदन दिएकाहरु मध्ये ६ जनाको नाम महाप्रवन्धकका लागि व्यवसायिक कार्ययोजना र प्रस्तुतिकरण गर्नेका रुपमा सार्वजनिक गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारीको नियुक्ती तथा मनोनयन सम्वन्धी निर्देशिका २०७६को दफा ३ बमोजिम योग्यता परीक्षणका आधारमा उनीहरुलाई चयन गरेको छ ।

चयन हुनेहरुमा केदार दाहाल, रघुराज काफ्ले, रुद्र प्रसाद पौडेल, लोकबहादुर खड्का, डा वेदबहादुर क्षेत्री र डा शितलकाजी श्रेष्ठ रहेका छन् । व्यवसायिक कार्ययोजना तथा प्रस्तुतिकरणका आधारमा विगतमा काम गरेको आधार र अनुभवलाई समेत समेटेर महाप्रवन्धक नियुक्ति गरिने छ ।

कार्ययोजना र प्रस्तुतिकरण गर्नेको सूचिका आधामार भन्ने हो भने डा शितलकाजी श्रेष्ठ दुग्ध विकास सस्थानको महाप्रवन्धकको अग्रपंक्तिमा देखिएका छन् । लामो सयमदेखि पशुसेवा क्षेत्रमा क्रियाशील रहेका डा शितलकाजी श्रेष्ठ नेपाल भेटेरीनरी एशोशिएनमा अध्यक्ष समेत हुन् भने दुग्ध विकास संस्थानको सञ्चालक समिति सदस्य समेत रहेका छन् ।

विशेष गरी किसानहरुसँग प्रत्यक्ष जोडिएर काम गरिहका उनले मिल्क होलिडे हुँदाको अवस्थामा मिल्क होलिडे हुन नदिने आफ्नो तर्फबाट निकै नै प्रयास गरेका थिए ।

प्रकाशित मिति: बिहिबार, पुस २४, २०७६