दुई महिनादेखि कुखुरा मरेको म¥यै, वर्डफ्लुको आतंक बढ्दै

खोटाङ, वैशाख । जताततै वर्डफ्लुले आतंकित तुल्याईरहेका बेला खोटाङ्गमा वर्डफ्लुको संकेत देखिएपनि त्यसलाई वर्डफ्लु भनिएको छैन । वर्डफ्लुकै कारण कतिपय किसानका स्थानीय जातका कुखुरा मर्न थालेका छन् । सेतो छेर्ने, झोक्राउने, ¥याल काढ्ने र टाउको सुन्निने रोगले एकपछि अर्को कुखुरा मर्न थालेकाले किसान चिन्तित भएका छन् ।
करीब दुई महीनादेखि फैलिएको रोगले जिल्लाका अधिकांश किसानले पालेको कुखुराको खोर नै रित्तिएको छ । सबैजसो किसानले पालेका स्थानीय जातका कुखुरामा यस्तो रोग देखिएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा पालिएका स्थानीय जातका कुखुरा लगभग मरेर सकिएको स्थानीयवासीले बताएका छन् । “शुरुमा एक÷दुई वटामा यस्तो लक्षण देखिनासाथ औषधि गरियो ।” दिक्तेलस्थित सल्लेरीटोलका गुणराज सैंजूले भने “औषधिले पनि केही काम गरेन । हप्ता दिनभित्रै सबै म¥यो । अहिले खोर नै रित्तो भएको छ ।”
स्थानीय जातका कुखुरामा देखिएको रोग महामारीकै रुपमा फैलिएको स्थानीयवासीले बताएका छन् । दिक्तेल बजारको सल्लेरीटोलमा पालिएका कुखुरामा महीना दिनअघि देखिएको रोग फैलिएर अहिले रत्नपार्क क्षेत्रमा पनि सरेको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकास्थित बाक्सिला बजारमा झण्डै डेढमहीना अघिदेखि कुखुरा मर्ने रोग फैलिएको स्थानीय युवा नेता पवन श्रेष्ठले बताएका छ । “अहिले गाउँमा स्थानीय जातका कुखुरा पाउन छाडेको छ ।” उनले भने, “भेटेनरीले दिएको औषधिले पनि कुनै काम गरेन । यसप्रति बेलैमा ध्यान नदिने हो भने जिल्लामा स्थानीय जातका कुखुरा पाउन गाह्रो हुन्छ ।”
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा स्थानीय जातका कुखुरा पालनलाई व्यावसायिक रुप नदिए पनि अधिकांश घरमा १५÷२० वटासम्म कुखुरा पालिएको पाइन्छ ।
किरात समुदायको वर्चस्व रहेको खोटाङमा धेरैजसो कुखुराको भाले पूजाआजा गर्नमा प्रयोग गर्ने चलन छ । किरात समुदायको उभौली तथा उद्यौली पर्वको अवसरमा प्रत्येक घर तथा भूमेथानमा कुखुराको भाले चढाउने गरिन्छ ।
स्थानीय जातका कुखुरामा रोग फैलिएपछि किरात समुदायलाई यस वर्षको उभौली पर्वमा भाले जोगाउन मुस्किल परेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा अहिले प्रतिकेजी रु ६०० देखि ७०० सम्ममा स्थानीय जातका कुखुराको मासु बिक्री हुने गरेको छ । जिल्लामा लाग्ने हाटबजारमा अधिकांश कुखुरा जिउँदैै बिक्री गर्ने चलन छ ।