बिहिबार, बैशाख ६, २०८१

दशैमा मासु खाँदै हुनुहुन्छ ख्याल गर्नुस् ?

 

दशैंको मूख्य खान्की नै मासु । तर, जान्ने बुझ्नेहरु भन्छन मासुले स्वास्थ्यमा हानी गर्छ । मासु स्वास्थ्यमैत्री खानेकुरा होइन । मासु रोगको स्रोत हो । मासु त्यसबेला हानिकारक बन्छ, जब सही किसिमको मासु छनौट गर्न सकिदैन, सही ढंगले भण्डारण गर्न सकिदैन, सही ढंगले पकाउन जानिदैन, सही ढंगले खान जानिदैन । यदी सही ढंगले, सही मात्रामा मासु सेवन गर्ने हो भने त्यसले हानी होइन, फाइदा गर्छ ।
के पाइन्छ मासुमा ?
मासुलाई धेरै प्रोटिनको राम्रो स्रोतको रुपमा बुझ्ने गर्छन् । तर, कतिपय गेडागुडीबाट मासुमा भन्दा पनि प्रोटिन पइने गर्छ । तर, मासुबाट प्राप्त हुने प्रोटिन गेडागुडीबाट पाइनेमा भन्दा बढी वायोलोजीकल भ्याल्यु हुन्छ । यसको अर्थ भनेको मासुमा भएको प्रोटिनलाई शरीरले बढी सोस्न र प्रयोग गर्न सक्छ ।
आइरन
मासु आइरनको राम्रो स्रोत हो । सागसब्जी, तरकारी, फलफूलबाट पनि आइरन पाइन्छ । तर, मासुबाट हेम–आइरन पाइन्छ । जुन आइरनलाई शरीरले बनस्पतिबाट पाइनेभन्दा बढी सोस्न सक्छ । शरीरमा आइरनको कमि भएमा रगतको कमि हुन गई रक्तअल्पताको समस्या निम्तन्छ
भिटामिन–बी १२
मासुमा पाइने अर्को महत्वपूर्ण भिटामिन भनेको भिटामिन–बी १२ हो । जुन वनस्पतिजन्य खाद्यपदार्थबाट प्राप्त गर्न सकिदैन । पछिल्लो समय धेरै मानिसमा भिटामिन( बी१२ को कमि देखिन थालेको छ । यसको कमीले खुट्टा छिटो निदाउने, हात खुट्टा कटकट खाने, चाडै विर्सने र रगतको कमि हुने, डिप्रेसनलगायतको समस्या निम्तन सक्छ ।
अन्य पौष्टिक तत्व
मासुबाट फयाट, भिटामिन बी, ए, के, पोटासियम, फोस्फोरस, जीकं, म्याग्नेसियमलगायतका पौष्टिक तत्व पनि प्राप्त हुन्छ । जुन स्वास्थ्यको लागि अतिआवश्यक छ ।
रातो मासु– रातो मासु भन्नाले नपकाएको अवस्थामा रातो देखिने खसी, राँगा, सुंगुरआदीका मासु हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार रातो मासु क्यान्सर लाग्ने कारणमध्ये एक हो । यसअर्थ पनि रातो मासु स्वास्थ्यको दृष्टिले राम्रो मानिदैन । रातो मासुमा जींक, आइरन, भिटामिन बी६, बी१२, बी१, बी२ भने सेतो मासुको तुलनामा बढी हुन्छ । त्यस्तै रातो मासुमा फ्याटको मात्रा पनि बढी हुन्छ । तर, कुखुराको छातीमा भने बढी बोसो हुने गर्छ । सुगुंरको मासुमा बोसोको मात्रा अरु मासुको तुलनामा अत्याधिक हुन्छ । तर, यसको बोसो कुखुरा, खसि र राँगाकोजति हानीकारक भने हुँदैन । किनकी यसमा कोलेस्ट्रोल फ्याटको मात्रा कम हुन्छ र अनस्याचुरेटेट फ्याट बढी हुन्छ । जुन स्वास्थ्यको लागि राम्रो हो । सुन्दा अचम्म लाग्छ तर सबै भन्दा पोषिलो प्राकृतिक खाद्यहरु भनि गरिएको एक हजारभन्दा बढी खाद्य अनुसन्धानले सुँगुरको बोसोलाई ८ औं स्वस्थकरको सूचीमा रखेको छ ।
सेतो मासु – त्यस्तै नपकाएको अवस्थामा सेतो देखिने कुखुरा, माछा र हाँसका मासु सेता हुन् । यी दुईमध्ये रातो मासु खानु हुदैन भन्ने भनाई प्रचलनमा छ । तर अहिले रातो मासु कम खाने हुदा सेतो मासुमा पनि विशेष गरि ब्रोइलरको प्रयोग बढी हुने गरेको छ । तर, यस्ता खालका कुखुरामा विभिन्न हर्मोन, एन्टिवायोटिकको अत्याधिक प्रयोग गरिएको हुन्छ । जसले गर्दा सेतो मासुले मानव स्वास्थ्यमा जति फइदा पुर्याउनु पथ्र्यौ त्यो नपुग्ने देखिन्छ । त्यसैले घरमै पालेको कुखुराको मासु प्रयोग गर्दा राम्रो हुन्छ ।रातो र सेतो आ(आफ्नै फाइदा(वेफाइदा छन् । यदि कसैलाई रातो मासु नखानु भनिएको छ भने ९युरिक एसीड, कोलेस्टेरोल, उच्च रक्तचाप, मुटु रोग, बाथ, सेतो मासु खादा पनि त्यतिकै ध्यान दिन जरुरी हुन्छ ।
हुन त मासुको नाम सुन्ने बित्तिकै धेरैको –याल चुहिन्छ तर स्वादिष्ट भएपनि स्वास्थ्यका लागि यो हानिकारक नै हुन्छ । यहाँ हामी यसका हानीहरू बताउँछौं । मासु खाने धेरैजसो मानिसहरू चिढिइरहन्छन् र जतिखेर पनि रिसाइरहन्छन् । यिनीहरूको स्वभाव पनि उग्र हुन्छ । मासु खाँदा तपाईंको शरीर र मन दुवै अस्वस्थ रहन्छ । मांसाहारीहरू शाकाहारीका तुलनामा गम्भीर रोगको बढी शिकार हुन्छन ।
यी रोगमा उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर, मृगौला बिग्रने, बाथ र अल्सर पर्छन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार, मांसाहारले धूम्रपानजत्तिकै हानि गर्छ । मासु खानेलाई क्यान्सरको खतरा बढी हुन्छ । शाकाहारी स्वस्थ, दीर्घायु, निरोगी र तन्दुरस्त हुन्छ । बर्ड फ्लु र स्वाइन फ्लु जस्ता रोग मासु खानेलाई नै लाग्छ । संसारको एक चौथाइ प्रदूषणको कारण मासु नै हो । मानिसहरूले मासु खान छोड्ने हो भने ७० प्रतिशतसम्म प्रदूषण कम हुन्छ । मासुका लागि हुर्काइने जनावरले अत्यधिक पानी र प्राकृतिक स्रोत उपयोग गरिदिन्छन् । मासु खाने मानिसको उमेर पनि छोटो हुन्छ । मासु महंगो पनि छ । यसमा पैसा खर्च गर्नुको साटो अरू कुनै असल काममा लगाउनुस् । मांसाहारीहरू शाकाहारीका तुलनामा डिप्रेसनको शिकार बढी हुन्छन् ।मासु पचाउन धेरै समय लाग्छ । मान्छेको आन्द्रा हिंस्रक जनावरको जस्तो ठूलो हुँदैन त्यसैले मासु पचाउन मुश्किल पर्छ ।धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन ।
मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ ।
दशैमा यस्ता मासु स्वस्थकर हुन्छ
मासुमा प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रण रहेको हुन्छ । जसको प्रयोगले शरीरलाई फाइदा पुर्याएको हुन्छ । तर, उसिनेको मासु प्रयोग गर्दा स्वास्थ्यका लागि बढी हितकर हुन्छ । उसिनेको मासु खाँदा अनावश्यक चिल्लो पदार्थबाट बच्न सकिन्छ । मधुमेह, उच्च रक्तचाप, मिगौलाको समस्या, कोलेस्ट्रोल बढी भएमा बोसो नभएको मासु प्रयोग गर्दा राम्रो हुन्छ । सकभर रातो मासु कम खानुपर्छ । सेतो मासु भने स्वास्थ्यका लागि राम्रो मानिन्छ । तुलनात्मक रूपमा खसी, सुँगुर, राँगाको भन्दा कुखुराको मासु र माछा प्रयोग गर्नु बढी श्रेयष्कर हुन्छ । कतिपय मानिसले मासुमा भएको बोसो अत्यधिक प्रयोग गर्ने गर्छन् । गाउँघरतिर त छुट्टै निकालेर बोसो खाने प्रचलनसमेत छ । तर, स्वास्थ्यका लागि भने सकेसम्म बोसो निकालेर मात्र मासुको प्रयोग गर्नु राम्रो हुन्छ ।
दशैमा तपाईले बध, वली चढाएको पशु पंक्षिवाट प्राप्त हुने मासु सके चाडै पकाउनु होला पकाउन झन्झट लागे डिप फ्रिज वा फ्रिजमा राख्नु होला । पकाएको मासु राम्रो सित छोपेर फ्रिजमा राख्नु होला खाना खाने वेलामा राम्रो सित तताउनु नै वेश हुन्छ । यसो गरिने चाडबाडको वेला खाएको मासुवाट स्वास्थ्यमा असर नगर्ला की । बढी चिल्लो र पिरो बनाएर मासु खानु हुँदैन । यसरी खाँदा ग्यास्ट्रिक, प्रेसर, बान्ता, अपच, फुड पोइजनलगायत समस्या आउन सक्छ । शरीरका लागि केही मात्रामा राम्रो मानिए पनि धेरै मासुको प्रयोगले भने हानि गर्न सक्छ । त्यसैले दिनमा तीन–चार पिस मात्र मासु प्रयोग गर्नुपर्छ । – डा. केदार कार्की

प्रकाशित मिति: शुक्रबार, अशोज १७, २०७६