थोरै लगानी,कम मेहनत धेरै फाइदाले सिंघारा खेतीमा आकर्षण

काठमाडौं, कार्तिक । थोरै लगानी र कम मेहनतमा मनग्य आम्दानी हुने भएपछि महोत्तरीका किसान अहिले सिंघारा खेतीतर्फ आकर्षित भएको छ ।

मनग्य आम्दानी हुने भएको देखेपछि महोत्तरीको सदरमुकाम जलेश्वर र वरिपरिका सयौँ बिघा पानी जमेको जग्गामा अहिले सिंघारा (फल) खेती गरिएको छ । पानीमुनि लहरामा फल्ने सिंघारा एक प्रकारको गुलियो र सुन्दर फल हो । जुन स्वास्थ्यका लागि शीतल र पौष्टिक भएकाले स्थानीयस्तरमा निकै लोकप्रिय रहेको छ । पानी जमेको खेतमा ठूलो मात्रामा ९काँडेदार गुलाफी रंगका सुन्दर र मीठो फल० सिंघारा खेती गरिएको हो ।

यस वर्ष जिल्लामा पटक–पटक गरी भएको भारी वर्षाका कारण जताततै पानी जमेको हुनाले जलेश्वर नगरपालिका र वरिपरिका गहिरो खेत, तलाउ र पोखरीमा ठूलो मात्रामा (काँडेदार गुलाफी रङका सुन्दर र मीठो फल) सिंघारा खेती गरिएको छ ।

निकै कम मेहनत र थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने भएकाले जलेश्वर र वरिपरिका धेरै किसान यसपालि सिंघारा खेतीतर्फ आकर्षित भएको जलेश्वर–१ का किसान विजय मुखियाले बताए । यसैबीच वर्षौंदेखि बाँझो रहेको जलाशयमा पनि यस वर्ष लगाइएको सिंघारा खेतीमा स्थानीय १०० बढी घर परिवार लागेको जलेश्वर–६ का किसान शिवजी मुखियाले बताए ।

निकै मीठो र लोकप्रिय सिंघारा प्रत्येक वर्ष असोज र कात्तिक महीनादेखि नै तयारी हुन्छन् भने स्थानीय बजारमा प्रतिकिलो रु ४०/५० देखि ६०/७० बिक्री हुने गरेको र यसबाट आफूहरुले प्रत्येक वर्ष लाखौँ आम्दानी गर्ने गरेको जलेश्वर–३ का किसान रामजी सहनी बताउँछन्। मिथिालाञ्चलभरि पूजाआजामा प्रसादको रुपमा समेत प्रयोग हुने सिंघारा बालबालिका, बूढापाका र पेटका रोगीले बढी मन पराउने गर्दछन् भने साधारणतया जोसुकैले पनि वर्षमा एकचोटी बजारमा आउने यो मीठो फल अवश्य नै खाने गरेको जलेश्वर–१० का इदरिश अन्सारीको भनाई छ ।

सिंघारा खेतीमा लागेको किसान स्थानीय बजारदेखि सीमापारिका भारतीय बजारमा लगेर पनि सिंघारा बेचेर प्रतिकिसान रु दुई÷तीन लाखसम्म आम्दानी गर्ने गरेको जलेश्वर–८ का किसान लक्ष्मण मुखियाले बता्उ । सिंघारा खेतीमा हुने मनग्य फाइदा देखेर अचेल यस क्षेत्रका किसान अब सधैँका लागि धानखेती छाडेर यसै खेतीमा लाग्ने मनसायसमेत बनाइरहेको पाइएको छ ।
जलेश्वर र वरपरका क्षेत्रमा सिंघाराको व्यावसायिक खेती प्रवद्र्धन र विकास विस्तारका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने कृषि ज्ञान केन्द्र जलेश्वरसँग यसको खेतीबारे कुनै अभिलेख रहेको छैन । जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृपाशङ्कर साहले सिंघारा खेतीलाई प्रवद्र्धन गर्नुपर्ने र मौसमी उद्योगकै रुपमा विकास गर्नुपर्ने बताउँछन । –संजीतकुमार मण्डल रासस/कृषि सा.