बिहिबार, चैत्र १५, २०८०

जेटि जेटिए पढाउने नाममा लुुट, एप्स चलाउनेदेखि पत्रिका प्रशासन गर्नेसम्म व्यवसायिक तालिम दिंदै !

काठमाडौं, फागुन । पछिल्लो समयमा नेपाली युवायुवती मात्र होइन उमेर बढ्दै गएकाहरु पनि प्राविधिक ज्ञान लिन लालायित भएका देखिन्छन् । तर प्राविधिक शिक्षाका नाममा लुट धन्दा शुरु भएको देखिन्छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिकत तालिम परिषद्को स्वीकृतमा कृषि तथा पशु सेवा तर्फ १५ महिने जेटिए लगायतका अन्य प्राविधिक तालिम मुलुकभर नै सञ्चालनमा छ । प्राविधिक शिक्षा तथा व्यवसायिकत तालिम परिषद्ले समयावधि तोकेरै निश्चित मापदण्ड पूरा गरेकालाई मात्र त्यस्ता तालिम सञ्चालन गर्न स्वीकृत दिने गर्दछ ।


तर पछिल्लो समयमा छोटो समयको तालिमका नाममा जुनसुकै संंस्था र कम्पनीहरुले पनि व्यवसायिक कृषि तथा पशुपालनका नाममा प्रशिक्षण दिँदै युवा युवतीसँग रकम असुल्दै आईरहेको भेटिन थालिएको छ ।
काठमाडौं उपत्यका भित्र पछिल्लो समयमा तरकारी खेती, बाख्रापालन, च्याउन खेती, प्रांगारिक खेती तालिम भन्दै रकम असुली गरिरहँदा पनि सम्वन्धि निकाय भने मौन बसिरहेको देखिन्छ ।

अहिले यतिसम्म देखिएको छ कि पत्रिका सञ्चालन गरिरहेको संस्था र एप्स निर्माण गर्ने संस्थाले पनि व्यवसायिक कृषिका तालिमहरु प्रदानगर्न थालेका छन् । कृषि सम्वन्धि पत्रिका सञ्चालन गरिरहेको मिडिया नेटवर्कले समेत च्याउखेती तालिम सम्वन्धि सूचना नै प्रकाशन गरेको छ । तर, सो मिडिया नेटवर्कले च्याउखेती तालिम सञ्चालन गर्ने अनुमति लिएको पाइएको छैन । पाँच दिने च्याउ खेती तालिमका नाममा प्रशिक्षार्थीसँग पाँच हजार शुल्क समेत लिने गरेको सो नेटवर्कको सूचनामा नै उल्लेख गरिँदै आएको छ ।

त्यस्तै किसानका लागि सूचना प्रवाह गर्नका लागि एप्स स्मार्ट कृषि सञ्चालन गर्दै आईरहेको कम्पनीले पनि बाख्रापालन लगायतका विभिन्न तालिम प्रदान गदै आईरहेको देखिन्छ । के प्राविधिक विषयको शिक्षा प्रवाह गर्नका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको स्वीकृत नलिई गैरकानूनी रुपमा सशुल्क प्रशिक्षण वा तालिम प्रदान गर्दै जाँदा न त प्रशिक्षार्थीहरुले हासिल गरेको प्रमाण पत्रको मान्यता प्राप्त गर्न सक्छन् न पूर्ण रुपमा व्यवसायिक बन्न नै सक्छ । यसले त प्रारम्भिक सिकाईलाई मद्दत पुग्ला तर जभाभावी रुपमा सञ्चालन हुने यस्तो तालिम रोक्ने सम्वन्धित संस्थाले ध्यान दिने कि ?

प्रकाशित मिति: सोमवार, फाल्गुन २०, २०७५