चिनियाँ स्याउ भित्रिँदै

Dec 4 • समाचार

रसुवागढी, १८ मंसिर । अहिले चिनियाँ स्याउको माग बढ्न थालेकाले आयात गरिएका स्याउका कन्टेनरहरू रसुवागढी नाकाबाट नेपाल भित्रिन थालेका छन् । टिमुरेस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका अनुसार निर्वाचनअगाडि सामान लिन केरुङबाट गएका ४०० कन्टेनर नेपाल भित्रने क्रममा रहेको र एक सयवटा कन्टेनर नेपाल भित्रिसकेको छ । फर्केका कन्टेनरमध्ये ५० प्रतिशतले स्याउ र अन्य कन्टेनरले कस्मेटिक सामान लिएर आएको सशस्त्र प्रहरी निरीक्षक प्रेमसिंह धामीले जानकारी दिए । सामान लिनका लागि थप १५ वटा कन्टेनर केरुङबाट त्यसतर्फ प्रस्थान गरिसकेको र भन्सार हातामा आएका कन्टेरनको जाँच पास धमाधम भइरहेको बताइएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

« »