शनिबार, बैशाख ८, २०८१

चितवनमा देखिएको वर्डफ्लु किन सार्वजनिक भएन ?

काठमाडौं, वैशाख । स्वास्थ्य मन्त्रालयल विहीबार पत्रकार सम्मेलन गरी वर्डफ्लु रोगका कारण २१ बर्षिय एक युवाको मृत्यु भएको खवर सार्वजनि गरेपछि यतिखेर कुखुरा पालक किसानहरुमा त्रास फैलिएको छ ।
नेपालको पोल्ट्री क्षेत्रमा करीव ७० अर्व भन्दा बढीको लगानी भएको भनिन्छ तर त्यसको आधिकारितकता भने कसैले पनि पुष्टि गरेको देखिंदैन । यद्यपी पछिल्लो समय नेपाल कुखुराको मासु र अण्डामा आत्मनिर्भर भएको भनिएता पनि भारतबाट कुखुरा र अण्डा आउन भने छाडेको छैन ।
बेला बेलामा भारतसँग जोडिएको चितवनको नाकामा अवैध रुपमा प्रहरी बरामत गर्ने अण्डा तथा कुखुराले पनि पुष्टि गर्दछ की व्यवसायीहरुको लापरवाहीकै कारण वर्डफ्लु संक्रमण बढ्दै गईरहेको । यत्तिमात्र होइन वर्डफ्लु न्यूनिकरण भन्दै गैरकानूनी ढंगले ल्याएका भ्याक्सिन त्यसको प्रयोगमा समेत निगरानी बढाउन नसक्दा समस्या परेको पशु चिकित्सकहरु बताउँछन् ।
सवैभन्दा महत्वपूर्ण कुरा के हो भने नेपालमा पहिलो पटक वर्डफ्लुका कारण मानिसको मृत्यु भएको छ । मानिसमा वर्डफ्लु संक्रमण हुनु र मृत्यु हुनु निकै नै गम्भीर विषय भएको छ । के कारणले वर्डफ्लु मानिसमा सरेको हो त्यो सरोकारवाला निकायले सार्वजनिक गर्नु पर्दछ । ‘मानिस म¥यो भन्दा पनि काल पल्कियो’ भन्ने उखानलाई गम्भीर रुपले मनन् गरिनु पर्दछ । चितवनमा देखिएको वर्डफ्लु कर्मचारी केही ठूला व्यापारी, प्रयोगशालाक कर्मचारीहरु समेत मिलेमतोमा लुकाउने प्रयास गरियो भने चितवनका केही सञ्चारकर्मीले पनि त्यसलाई लुकाउने प्रयास गरेको आरोप पशु चिकित्सकहरुले नै लगाएका छन् ।
विशेष गरी पोल्ट्रीको हवका रुपमा चिनिएको चितवन जिल्लामा केही व्यवसायीहरु जसरी हुन्छ बढी नाफा आर्जन गर्ने कार्यमा सक्रिय रहेका छन् । फलत त्यहाँ देखिएको समस्या बाहिर ल्याईँदैन । गत फागुनमा मकवानपुरमा वर्डफ्लु देखियो त्यही समयमा चितवनमा पनि वर्डफ्लुको शंका गरिएको थियो । तर मकवानपुरको वर्डफ्लु सार्वजनिक गरियो भने चितवनमा देखिएको वर्डफ्लु गुपचुप राखियो । आर्थिक चलखेलका कारण चितवनमा पटक पटक देखिएको वर्डफ्लु गुपचुप राखिएको पशुपन्छी विकास मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् ।
नेपालको ७० अर्व लगानी यस क्षेत्रमा भएको र त्यसको आधा हिस्सा चितवनमा रहेकाले पनि यस्ता रोग र संक्रमण लुकाउनका लागि ठूलो आर्थिक चलखेल भएको हुन सक्ने किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ बताउँछन् । अध्यक्ष श्रेष्ठ भन्छन् ,‘ न त पत्रकार चोखा छन् न त पशु चिकित्सकहरु नै सवलाई विटाले हावा हम्किने ठाउँ हो अनि कसरी देखिन्छ वर्डफ्लु ।’
हुन पनि चैत १० गते मृत्यु भएका युवकको बारेमा वैशाख १९ गते मात्र स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेका थियो । किन ढिला ग¥यो प्रश्न अनुत्तरीय छ । जानकारहरुका अनुसार केही ठूला पोल्ट्रीका व्यापारीले पशु सेवा विभागदेखि स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुसम्मलाई आफ्नो चंगुलमा पारेका थिए । उनीहरुले वर्डफ्लु रोगका कारण युवकको मृत्यु भएको कुरा लुकाउने प्रयास गरेका थिए । तर सम्भव भएन नेपालका वर्डफ्लुका कारण एक युवकको मृत्यु भएको खवर विदेशी संचार माध्यममा आएसँगै विश्व खाद्य संगठनले स्वास्थ्य मन्त्रालयलाई सो घटना सार्वजनिक गर्न दवाव दिएपछि मात्र स्वास्थ्य मन्त्रालय वर्डफ्लुबाट नेपालमाा मानवको मृत्यु भएको सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, बैशाख २०, २०७६