गाईभैंसीमा बाँझोपन परीक्षणको लागि अल्ट्रासाउण्ड मेसिनको प्रभाव

बांझोपन निवारणको लागि रोग निदान गर्ने विभिन्न प्रविधिहरु भए पनि सबै भन्दा विश्वासिलो प्रविधिको रुपमा अल्ट्रासाउण्ड एवं भिडियो एक्सरे मेसिन पनि एक हो । यसले पशुको पाठेघरको सबै गतिविधिलाई फोटो खिचेर देखाई दिएर रोग निदानमा सहज हुन्छ । यसको सहायताले रोग निदान गर्न सजिलो हुने भएपनि यस बारे ज्ञान भएको विशेषज्ञले मात्र मेसिन अपरेट गरी रोगको निदान गर्न सक्दछ । पशु प्रजनन् विशेषज्ञहरुले यसको सहायताले पशु प्रजनन् बिकृतिहरु सजिलैसंग पत्ता लगाउन सक्दछन ।
तत्कालिन केन्द्रीय गाईभैसी प्रवद्र्धन कार्यालयले २०७४ असार २६ देखि ३० गते सम्म उत्पादनशील बकेर्नो भैसी संरक्षण फलोअप कार्यक्रम अन्तरगत पहिलो चरणमा स्याङजा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. ११ जोगीफांट हेलुमा गिरीराज पौडेलको एक गाई र एक भैंसीमा बाँझोपन परिक्षण गर्दा दुवै बाँझो रहेको पाईयो । र भीरकोट नगरपालिका वडा नं.९ मा सवल पशुपालन सहकारी संस्था लि. दासिंङ दहथुममा भीरकोट नगरपालिका वडा नं. ७ मर्तमास स्याङजामा एउटा गाई र एउटा कोरेली पाडी परिक्षण गर्दा दुबै व्याउने रहेको देखियो । देउराली कृषि पशुपन्छी प्रा.लि मा एउटा भैसी व्याउने भएको र तीन वटा गाई परिक्षण गर्दा एउटा व्याउने र दुईवटा बाँझो रहेको पुष्टि भयो । पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नं.६मा श्री कृष्ण उन्नत वीउ बिजन भैसी श्रोत केन्द्रमा रहेका चार वटा भैंसीको परिक्षण गर्दा एक वटा मात्र व्याउने र तीन वटा बांझो रहेको पाईया भने गिता देबी गैरेको २ वटा गाई परिक्षण गर्दा दुबै बांझो रहेको पुष्टि भयो । गैरे उन्नत गाई फार्ममा ५वटा गाई परिक्षण गर्दा २ वटा गाई व्याउने र ३ वटामा बाझोपन रहेको पाईयो । र नवलपरासी जिल्लाको सागर भैसी फार्म रामग्राम नगरपालिका वडा नं.१६ मा ५ वटा भैसी परिक्षण गरिएकोमा १ वटा व्यउने र ४ वटा बाझो रहेको पाईयो भने महावीर भैसी फार्ममा रहेका भैसीमा समस्या नरहेको र कोरेली बाच्छी १ बाझोपन रहेको पाईयो ।
गाईभैसी पालक कृषक सबैभन्दा खुशी हुने दिन कुन हो भनेर प्रश्न गर्ने हो भने त्यो दिन गाईभैंसी बाली लागेको दिन नै हो र त्यसपछिको व्याउने रहेको कुरा थाहा पाएको दिन हो । यसरी कृषकलाई खुशी हुने दिनको खोजी गर्नकोलागि अव आधुनिक प्रविधि देश भित्र आई सकेको र यसको बारेमा व्यापक प्रचार गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु, पशु सेवा तालिम केन्द्रहरु, अनुवांशिक श्रोत केन्द्रहरु, राष्ट्रिय पशु प्रजनन केन्द्रहरु र स्थानीय तहका पशु सेवा शाखा तथा महाशाखामा कार्यरत प्राविधिक कर्मचारीहरुलाई अल्ट्रासाउण्ड मेसिनबाट बाँझोपन परीक्षण तालिम दिएर दक्ष बनाउदा मात्र आम पशुपालक कृषकहरुलाई लाभ हुन सक्दछ ।
बांझोपन परिचय :
बांझोपन (Infertility) : बाझोपना भनेको कुनै पनि पशु बस्तुहरु वयस्क भई सकेपछि पनि सन्तान उत्पादन गर्न सक्दैन अथवा सन्तान उत्पादन प्रक्रिया शुरु भएर पनि धेरै लामो समयसम्म बिभिन्न कारणहरुले गर्दा सन्तान उत्पादन क्षमता हुदैन भने यस्तो स्थितिलाई बाँझोपन भनिन्छ । यसरी स्थायी रुपमा सन्तान उत्पादन गर्न सक्षम नहुने पशुवस्तुलाई Infertility भएको भनिन्छ । भने अस्थायी रुपमा कुनै कारण विशेषको प्रभावले सन्तान उत्पादन गर्न नसक्ने अवस्थामा रहेको पशु वस्तुलाई क्ष्लाभचतष्ष्तिथ भएको भनिन्छ । यस अवस्थामा केही उपचार पछि पुनः सन्तान उत्पादन गर्न सक्दछ ।
सन्तान उत्पादन गर्नको लागि पशुहरुमा पूर्ण शारिरिक वृद्धिको साथ साथै प्रजनन अंगहरु समेत पूर्ण रुपमा विकास भएको हुनुपर्दछ तर त्यसो नभईकन गाई भैसीहरु र प्रजनन योग्य उमेर पुगेका बाच्छी पाडीहरुले सांढे, रांगो खोज्दै नखोज्ने वा खोजेको खोज्यै गर्ने वा वाली लागे पनि उल्टी रहने अवस्थालाई बांझोपनको रुपमा लिइन्छ । बांझोपन धेरै जसो उन्नत जातका गाई/भैसीमा देखिदै आएको छ ।ः

पशुमा बाँझोपना हुने कारणहरुः
१. संक्रामक रोगहरुको कारणले उत्पन्न हुने बाँझोपना जस्तै : Trichomoniasis, Vibriosis, Leptospirosis, Listeriousis, Brucellosis, Tuberculosis

२. वंशाणुगत कारणबाट उत्पन्न हुने बाँझोपना जस्तै :
* Hypoplacia of overy (संख्याको कारणले overy को size सानो हुनु )
*White heifer disease ( Vitamine E  र Sellenium को कमीबाट हुने रोग
* Absence of endometerial gland पाठेघर भित्र विभिन्न किसिमका ग्रन्थी नहुनु ।
*Free martin (जुम्ल्याहामा छोरा Fertile र छोरी infertile ९५% भन्दा वढी बाँझोपना हुन्छ)
*Hermophrodite/Bisexual ( एउटै पशुमा दुवै प्रकारका Sexual orgain हुनु ।
* Cryptochidism (Testies abdominal cavity मा हुनु वा एउटा मात्र Testes हुनु । प्रायः एउटाTestesतल र अर्काे माथि हुन्छ ।
३. Pathological कारणबाट उत्पन्न हुने बाँझोपना

  • Pathology: the science which deals with the study of the alternation of the anatomy and physiology.
  • Oophoritis: Inflammation of ovary.
  • Salpingitis: Inflammation of oviduct and fallopion tube.
  • Metritis: Inflammation of uterus.
  • Indometiritis: Uterus को wall भित्र संक्रमण हुनु ।
  • Pyometritis/pyometra: Uterus मा पिप जम्नु ।
  • Cervicitis: Inflammation of cervix .
  • Vaginatis: Inflammation of vagina.
  • Vulvatis: Inflammation of vulva.
  • Hydrosalpingitis:Fallopion tube becomes full of watery ̵ fluid and acts as spermotoxin .
  • Haemotobalpingitis ̵ fallopion tube  becomes full of blood .
  • Piosalpingitis: Fallon tube becomes full of pus

४. पोषकतत्वको कमी बाट हुने बाँझोपना ः

  • Carbohydrate, Protein, Fat,
  • Vitamin : A, B ̵ Complex, C, D and E
  • Minerals : Calcium, Copper, Cobalt, Mangnize, Iron, Iodine, Zink, Selenium, Phosphorus

५.Hormon को असन्तुलनको कारणले हुने बाँझोपना ः

  • Cystic overy
  • Follicular cyst
  • Luteal cyst
  • Persistant corpus luteum
  • Unovulation

६.व्यवस्थापनको कारणले उत्पन्न हुने बाँझोपना
 गोठ/खोर सफा सुधारमा कमी हुनाले ।
 राँगो/साँढे खोजेको ठिक समय पत्ता लगाउन नसक्नाले ।
 Artificial Insemination( A.I) कृत्रिम गर्भाधान सम्बन्धी पूर्ण ज्ञानको अभाव
 तापक्रमको असरबाट
बांझोपनका लक्षणहरु ः
१. नियमित समयमा रांगो, सांढे खोज्ने र रांगो, सांढे लाग्ने तर गर्भ धारण नहुने ।
२.रांगो, सांढे नखोज्ने र पेट वोकेको जस्तै लक्षणहरु देखाउने तर वास्तवमा पेट वोकेको नहुने ।
३. ७ – १० दिनेको अन्तर मै रांगो, सांढे खोज्ने ।
४. रांगो, सांढे खोज्दै नखोज्ने ।
बांझोपनको उपचार ः
 गोवर परिक्षण गरेर आन्तरिक परजीवी विरुद्ध औषधि खुवाउने ।
 वयस्क अवस्थामा पुगेको पशुलाई राम्रो दानापानी र वर्षभरी नै प्रसस्त ताजा कोशे तथा अकोशे हरियो घांसपातको व्यवस्था मिलाउने । प्रसस्त मात्रमा हरियो घांसको व्यवस्था भएमा पशुलाई आवश्यक पर्ने खनिज तत्वहरुको पूर्ति हुन्छ । यस्तो व्यवस्था हुदा हुदै पनि सांढे खोजेन वा खोजेर पनि उल्टी रहन्छ भने पहिला सन्तुलित मात्रामा खनिज तत्वहरु जस्तै ः एग्रिमिन फोर्ट(Agrimin Forte ) वा न्यूटिमाइड चिलेटेड (Nutrimied Chelated ) दैनिक ३० देखि ५० ग्राम २० देखि ३० दिन सम्म दानामा मिसाई दिनु पर्दछ ।
 कफेकु ( Cufecu )१ चक्की दैनिक २० दिन सम्म खुवाउने ।
 टोनोरिसीन (Tonoricin ) वा टोनोफोस्फान (Tonophosphan) सुई १५ एम.एल. मासुमा दिने र ३ दिन पछि पुनः दोह¥याउने ।
 माथिका औषधि प्रयोग गरी सकेपछि पनि गाई भैसीले सांढे वा रांगो खोजेन भने प्रजना (Prajana) वा जनोभा (Janova) पहिलो दिन ३ क्याप्सुल र २४ घण्टा पछि ३ क्याप्सुल खुवाउने १० दिन भित्र पशुले सांढे, रांगो खोजेन भने ११ औं दिनमा पुनः दोहो¥याउने ।
 यदि यति गरेर पनि पशुले रांगो वा सांढे खोजेन वा गर्भ रहेन भने दक्ष प्राविधिक वा विशेषज्ञबाट जांच गराई उपचार गराउनु पर्दछ ।

– बासुदेव नाथ