गाईको पेटमा प्वाल पार्ने कि घाँस खुवाए लागत घटाउने

काठमाडौं, माघ । पछिल्लो समयमा पशुपालन क्षेत्रमा पनि नयाँ नयाँ प्रविधिहरु विस्तार भएका छन् । विशेष गरी विकसित मुलुकहरुमा दूधका लागि व्यवसायिक रुपमा पालिका गाईहरुमा नयाँ प्रविधि अपनाएर उच्चतम फाइदा दिने गरिएको पाईन्छ ।
अमेरिका, युरोप, चीन लगायतका विकसित देशहरुले दूधको उत्पादन लागत घटाउनका लागि गाईको पोषणको अवस्थाबारे अनुसन्धान गरी गाईलाई सन्तुलित आहारको व्यवस्थापन गर्दै आईरहेको पाईन्छ । त्यसका लागि गाईको पेटमा प्वाल पारेर पोषणको अवस्था बारे बुझ्ने र सोही अनुरुप आहारको प्रयोग गर्ने गरिन्छ ।
तर नेपाल जस्ता अल्पविकसित देशहरुका व्यवसायिक किसानहरुले पशुपालन व्यवसायलाई व्यवसायिक रुपमा गर्न खोजेपनि लागतमूल्य घटाउन प्रविधिहरु भने प्रयोग गरेको पाईदैन । जसका कारण दूध उत्पादनको मूल्य बढ्दै गईरहेको छ । विशेष बजारबाट किनिने दानामा आधारित भएर पशुपालन भईरहेको छ । त्यसमा पनि गुणस्तरहीन दानाले किसानहरुलाई मारमा पारिरहेको छ भने पशुवस्तुहरुमा त्यसकै कारण पनि रोगहरु संक्रमण भईरहेका कतिपय उदाहरणहरु भेटिन्छन्
कम दूध दिने गाईभैसी, चरनको अभाव, गुणस्तरहीन दानाको प्रयोगका कारण पनि नेपालमा दूधको उत्पादन लागत बढ्दै गईरहेको छ । अव यस्ता समस्याको समाधान गर्नका लागि अमेरिका, युरिप , चीन, नेदरल्याण्ड जस्ता विकसित देशहरुमा गरिएको प्रयोग नेपालमा पनि गर्ने तयारी गरिएको छ । विदेशमा जस्तै नेपालमा पनि गाईको पेटमा प्वाल पारेर गाईको पोषणको अवस्था अनुरुप आहारको व्यवस्थापन गरी दूध उत्पादनको लागत मूल्य घटाउने लागिएको छ ।
यसबाट गाईको पाचन प्रणाली अध्ययन गरी गाईको दैनिक खाने दानामा प्रोटिन, कार्वोहाइड्रेट, चिल्लो पदार्थ, प्रोटिन, खनिज र भिटामिन लगायको आवश्यकता र आपूर्तिको अवस्थाबारे जानकारी हुने र सोही अनुसार आहारको व्यवस्था गर्ने प्रविधि अमेरिकाम सफल भएकाले नेपालमा पनि भित्र्याउन सकिने पशु विज्ञहरुको भनाई छ ।
यो प्रविधि हालसम्म नेपालमा नभित्रिएको र लागत मुल्य घटाउन देश सुहाउँदो प्रविधिका रुपमा नश्ल सुधार, घाँसमा आधारित गाईपालन प्रवद्र्धन गर्न फोरेज मिसन कार्यक्रम सञ्चालन भईरहेको पशु सेवा विभागका महानिर्देशक विमल कुमार निर्मल बनाउँछन ।
अहिले नेपालमा चीनबाट बढी दूध दिने गाई ल्याईन लागिएकाले लागत मूल्य घटाउन पोषणका लागि गाईको पेट प्वाल पार्ने प्रविधि उपयुक्त भएको विषयमा बहस गर्न लगाइएको छ । दिर्घकालिन असर पर्ने यस्ता कार्यले नेपाली किसानहरुलाई कत्तिको फाइदा हुन्छ सो अनुरुपका प्रविधि ल्याउनु उपयुक्त देखिन्छ ।