खोरेत रोग नियन्त्रण गर्न धेरै नै चुनौति छ

samajana kafel
डा. सम्झना काफ्ले
कार्यक्रम निर्देशक
पशु स्वास्थ्य निर्देशनालय

० पछिल्लो समयमा नेपालमा पशुपन्छी स्वास्थ्यको अवस्था के छ ?
पशुपन्छीको स्वास्थ्यको कुरा गर्दा ठूला पशुहरुमा खोरेत रोगले सवैभन्दा ठूलो समस्या पारेको छ । तर अरु रोगहरु देखापरेपनि फाट्टफुट्ट मात्र देखापरेका हुन् । जसलाई हामीले नियन्त्रण गरिसकेका छौं । त्यसैगरी पन्छीको स्वास्थ्यको कुरा गर्ने हो भने दुई महिना अगाडि मात्र कास्की र सुनसरीमा वर्डफ्लु देखापरेका कारण त्यसलाई तत्कालै नियन्त्रणमा ल्याउने कार्य सम्पन्न गरेका छौं । वर्डफ्लुलाई नियन्त्रण गर्नका लागि वर्डफ्लु आदेश २०६४ को संशोधनले तोकेको प्रक्रिया अनुसार नै हामीले नियमित निगरानी गरी सो ठाउंहरुमा रोग नभएको प्रतिवेदन पनि समेत पेश गरेर सो इलाकाका लगाएको प्रतिवन्ध फुकाउने काम समेत गरिसकेका छौं । त्यही सन्दर्भमा हामीले उच्च जोखिमका २२ वटा जिल्ला र मध्य जोखिमका २० वटा जिल्ला गरी ४२ जिल्ला नियमित निरिक्षण गरिरहेका छौं ।
० नियमित निरिक्षण गर्दा के पाउनु भएको छ त ?
उच्च जोखिम रहेका जिल्लाहरुमा हरेक वर्ष ८ सय नमूना संकलन गरी निर्देशिकाले तोके बमोजिम प्रयोगशालामा परिक्षण गर्ने कार्य भईरहेको छ । जति परिक्षण भएका छन् त्यसले के देखाएको छ भने उच्च जोखिम रहेका जिल्लाहरुमा पनि वर्डफ्लु नदेखिएको भन्ने प्रतिवेदन आएको छ । यसबाट के प्रष्ट हुनु भइयो भने अव हामी वर्डफ्लुको उच्च जोखिममा छैनौ ।
० यो भयो पन्छीमा देखिने वर्डफ्लुको कुरा तर खोरेतले बढी सताईरहेको छ भन्छन् नि त ?
खोरेत रोग एक ठाउंमा मात्र भन्दा पनि प्रत्येक जिल्लाका कुनै न कुनै ठाउ“मा देखा परेको हामीले पाएका छौं । एउटा कुरा के निवेदन गरौं भने खोरेत रोग नियन्त्रण अत्यन्तै जटिल छ । यसका भाईरस समेत फरक फरक किसिमका देखिएका छन् । यसका लागि भ्याक्सिन पनि छ छ महिनामा लगाउनु पर्ने बाध्यता छ । त्यसैका कारण पनि हामीले पशु स्वास्थ्य निर्देशनालयमा खोरेत नियन्त्रण आयोजनाका रुपमा कार्यक्रम सञ्चालन गरिरहेका छौं । यसका लागि एकै चोटी मुलुकभर जानका लागि श्रोत साधन र प्राविधिक रुपले सक्षम छैनौं । तर पनि हामीले कोशी पूर्वको नौ वटा जिल्ला र पश्चिम महाकाली पारी ६ वटा जिल्ला गरी १५ जिल्लामा खोरेत विरुद्धको भ्याक्सिनेशन कार्यक्रम सञ्चालन गरिरहेका छौं । त्यसका लागि जिल्ला पशु कार्यालयको माग अनुरुप पशुहरुलाई खोरेत विरुद्धको भ्याक्सिन दिईरहका छौं । अहिले देशभरि नै खोरेत रोग (एफ.एम.डि) ग्रुप भनेर विज्ञहरुको समिति खडा गरी उहा“हरुले देशभरी नै रोग नियन्त्रण गर्नका लागि रणनीति बनाउने किसिमले काम गरिरहनु भएको छ । यो रणनीति बनेपछि खोरेत नियन्त्रण गर्न अझ सहज हुन्छ कि भन्ने विश्वास पनि लिएका छौं ।
० खोरेत रोग नेपालमा मात्र समस्या हो या अन्य देशमा पनि छन् ?
सहि कुरा उठाउनु भयो । खोरेत रोग नेपालमा मात्र होइन अन्य देशमा पनि छन् । त्यही भएर नै खोरेत रोग नियन्त्रण गर्न सार्क स्तरीय विज्ञहरुको समितिले रोडम्याप तयार गरिसकेको अवस्था छ । सन् २०२५ सम्ममा खोरेत रोग उन्मूलन विश्वभर नै एकै साथ गर्ने भनेर हामीले पनि कार्यक्रम सञ्चालन शुरु गरिसकेका छौं । तर हाम्रो समस्या भनेको हाम्रो खुल्ला सिमानका कारण पशुबस्तुहरु सहजै आवात जावत हुने भएकाले भारतले पनि हामीसंगै खोरेतको भ्याक्सिनेशनसंगसंगै गरेन भने हामी उन्मूलन गर्न सक्षम हुन्नौं । तर उनीहरुले गरेको छैन भन्दैमा हामीले आफ्नो सिमाना कार्यक्रम गर्न छाडेको छैन । हामीले गरिरहेका छौं । तर चरणका लागि पशुबस्तुहरु यताउता गरिरहेने भएकाले हामीले खोरेत रोग नियन्त्रण गर्न खोज्दा खोज्दै पनि रोग देखिएको अवस्था छ । इलाममा हामीले खोरेत नियन्त्रण गर्दा गर्र्दै पनि एउटा पशुमा खोरेत देखियो । पछि अनुसन्धान गर्दा सो पशु भारतबाट ल्याएको पुष्टि भयो । त्यसकारण हामीले खोप लगाउदा रोग नियन्त्रण हुन्छ यो कुरा किसानसम्म पु¥याउनु जरुरी छ । व्यवसायिक पशुपालन गर्ने किसानहरुले त खोरेतको भ्याक्सिन लगाउने गरेका छन् भने थोरै पशुपालन गर्ने किसानहरुले खोरेतका भ्याक्सिन नलगाउने गरेका कारण समस्या देखिएको छ । तिनीहरुबाट नै खोरेत सरेको अवस्था पनि छ । त्यसकारण किसानहरुमा खोरेत सम्वन्धी जनचेतना जगाउनु अनिवार्य छ ।
० खोरेतबाट पशुबस्तुलाई जोगाउनका लागि के कारणले सर्दछ भन्ने कुरा किसानहरुले थाहा पाउनु पर्दछ होला नि ?
खोरेत रोग भनेको भाईरल रोग हो । यो संसर्गबाट सर्ने गर्दछ । पशु स्याहार गर्ने व्यक्तिका कारण पनि सर्न सक्छ । घांस पराला ख्वाउने बेला होस् या पानी ख्वाउन जांदा पनि अलग्गै जुत्ता, अर्कै कपडा लगाउने चलन छैन । एउटा रोग लागेको पशुलाई औषधी ख्वाएर अर्को पशु स्याहार गर्दा पनि रोग सरेका छन् । मलाई लाग्छ जैविक सुरक्षा गर्ने हो भने नियन्त्रण गर्न सकिन्छ ।
० पछिल्लो समयमा गुणस्तरहिन दाना तथा पशु औषधीका कारण पनि नयां रोगहरु देखिन थाले भन्छन् नि ?
दाना र औषधीकै कारण नयां रोग देखा परेभन्दा सान्दर्भिक नहोला । हुन सक्छ दाना ओसार पसार गर्ने सवारी साधनले खोरेत रोग लागेको पशुबस्तुको ¥याल कुल्चििएर एक ठाउंबाट अर्को ठाउंमा जांदा घांस वा परालमा कुल्चिएका कारण त्यस्तो घांस पराल खाएका बस्तुहरुलाई खोरेत सर्न सक्छ । दानामा मात्र भर पर्दा पशुलाई आवश्यक पौष्टिक तत्वहरु अपुग भएर रोग लाग्न सक्ला ।
० दानाकै कारण रोग लाग्न सक्छ ?
त्यो हुन सक्छ । जस्तै धेरै उत्पादन दिने गाईलाई क्याल्सियमको डेभिसिएन्सी भयो भने त रोग लाग्न सक्छ । त्यस्तै फस्फोरसबाट हुन सक्छ । जसरी कुपोषणका कुरा आउंछ त्यसैगरी आवश्यकता अनुसारका पोषण भएन भने त्यसका कमीबाट हुने रोगहरु लाग्न सक्छ ।
० अहिले दूध बढाउने नाममा दाना कम्पनीहरुले रासायनिक मल मिसावट गर्न थालेका छन् भन्छन् नि ?
दाना धेरै उत्पादन गर्नका लागि रासायनिक मल प्रयोग गरिन्छ भने दानाको गुणस्तरमा कमजोरी हुन्छ । त्यसैका कारणबाट रोग आयो भन्न सकिंदैन । यसले दूधको मात्र बढ्ने हो । यदि दानामा एण्डिमाइक्रोवियल चीजहरु अनाधिकृत रुपमा प्रयोग भएको पनि हुन सक्छ । त्यसले रोग उपचारका क्रममा गाह्रो हुन भने सक्छ । – वैकुण्ठ भण्डारी