शुक्रबार, बैशाख ७, २०८१

खरायो गाउं बन्दै छ म्याग्दीको राम्चे

म्याग्दी, पौष । सरकार एकातिर युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नु पर्ने आवाज उठाउंछ भने अर्कोतिर विदेश जानका लागि सीप सिकाउने काममा पनि सरकार नै लागिरहेको देखिन्छ । तर सरकारले के गर्न सकिरहेको छैन भने मुलुकलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रको विकास गर्ने र त्यसका लागि दक्ष जनशक्ति तयार गर्ने काम भने गर्न सकेको देखिंदैन । त्यसैले त स्वदेशमा रोजगारीको अवसर नदेखेर घरखर्च जुटाउनकै लागि विदेश जानेको सङ्ख्या बढ्दो छ । वैदेशिक रोजगारीले मुलुकका अधिकांश गाउ“ युवाविहीन बनिरहेका छन् । अर्कोतर्फ मेहनत र परिश्रम गरे रोजगारीका लागि विदेशमा मात्रै होइन स्वदेशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म्याग्दीका केही किसानहरुले देखाउन थालेका छन् । kharayo
करिब एक दशकसम्म खाडी मुलुक साउदीमा पसिना बगाएका राम्चे–४ का भक्तबहादुर पुर्जा अहिले आफ्नै गाउ“घरमा सफल किसानका रूपमा परिचित छन् । युवा उमेरको ऊर्जाशील जीवन घरपरिवार चलाउनका लागि खाडीमा बिताएका पुर्जा विगत करिब दुई दशकदेखि आफ्नै घरमा किसान र व्यवसायी बनेर घरखर्च जुटाउ“दै आएका छन् ।
गाउ“कै अगुवासमेत रहेका उनले व्यावसायिक रूपमा खरायो पालनस“गै तरकारी खेतीसमेत गर्दै आएका छन् । वैदेशिक रोजगारीलाई त्यागेर गाउ“मै कृषि पेसा अङ्गालेका पुर्जाले आफ्नो पेसाबाट आफू सन्तुष्ट रहेको बताए ।“ऊर्जाशील उमेर खाडीमा बिताए“ । त्यहा“को परिश्रमले पैसाको महत्व बु“झे, त्यहा“ परिश्रमअनुसारको कमाइ गर्न नसकेपछि गाउ“ फर्किएर कृषि पेसा अङ्गालेर दैनिकी चलाउन थालेको हु“,’’ ५० वर्षीय पुर्जाले विदेशबाट फर्किएर खरायोपालन र तरकारीखेती सुरु गरेका थिए । खरायो र तरकारीखेती फस्टाउ“दै गएपछि घर खर्च र छोराछोरीको पढाइ खर्च जुटाउन सहज भएको पुर्जाले बताए ।
“मौसमी तथा बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी हुन्छ,” उनले थपे । पुर्जाको होटलमा पुग्ने पर्यटकका लागि खरायोको मासु मुख्य आकर्षण बन्ने गरेको छ । पुर्जाले आफ्नो होटलको अतिरिक्त घरमा उत्पादन भएको खरायोलाई पोखरा, काठमाडौ लगायतका बजारमा समेत निर्यात गर्दै आएका छन् ।
त्यस्तै राम्चे–४ कै राजु गर्बुजाले पनि गाउ“मै खरायोपालन र आलुखेतीबाट आकर्षक आम्दानी गर्दै आएका छन् । दश वर्ष साउदीलगायतका मुलुकमा रोजगारीका लागि बिताएका पुर्जा गाउ“मै बसेर पनि आम्दानी गर्न सकिन्छ भनेर कृषि पेसामा लागेको बताउ“छन् । “हामीले पहिलेदेखि नै खरायोपालन गर्दै आएका थियौ, अहिले त्यसलाई व्यावसायिक बनाएका छँै, यसबाट मनग्य आम्दानी भएको छ, घर खर्च जुटाउन सहज भएको छ” – उनले भने । गर्बुजाले विदेशको चर्को घाममा पसिना बगाउनुभन्दा आफ्नै गाउ“को माटोमा परिश्रम गर्न सके यथेष्ट आम्दानी हुने अनुभव सुनाए ।
तरकारीखेती र पर्यटनमा उच्च सम्भावना बोकेको राम्चे गाविसमा विदेशमा पुगेर फर्किएका युवास“गै गाउ“मै भएकाहरू समेत कृषि क्षेत्रमा व्यावसायिक बन्न थालेका छन् । हिमाञ्चल माविमा विगत १९ वर्षदेखि शिक्षण गर्दै आएका कृष्ण पुनले तरकारी खेतीबाट वार्षिक लाखौं आम्दानी गर्छन् । घर नजिकै विद्यालय भएका कारण बिहान र बेलुकाको समयलाई घरपरिवारका अन्य सदस्यसँग सहकार्य गरी पुनले आलुस“गै अन्य तरकारी खेतीसमेत गर्दै आएका छन् । “यस वर्ष रु दुई लाखको आलु बिक्री भयो, तरकारी उत्पादन गर्न सके बजारको समस्या छैन,” उनले भने ।
त्यसैगरी राम्चेका सुनिता पुर्जाले पनि व्यावसायिक रूपमा खरायोपालन गर्दै आएकी छन् । उत्पादन भएको खरायो सुकुटी बनाएर पोखरा काठमाडौ पु¥याउ“दै आएको बताउने पुर्जाले अहिले व्यवस्थित रूपमा तीन दर्जन खरायो पालेको बताइन् । खरायोपालनमा लगानी र समय कम खर्चिनु पर्ने भएकाले व्यावसायिक रूपमा गाउ“का अधिकांशले खरायोपालन गर्दै आएको स्थानीयवासी टेलीमाया गबुर्जाले बताइन् ।
राम्चेका स्थानीय पछिल्लो समय खरायोपालनस“गै आलुखेती र किबी खेतीमा समेत आकर्षित भइरहेका छन् । यस गाविसबाट वार्षिक लाखँै मूल्य बराबरको आलु बाहिर निकासी हुने गरेको छ । गाउ“को कृषि क्षेत्रको सम्भावनालाई व्यावसायिक बनाउ“दै प्रचुर मात्रामा सम्भावना रहेको पर्यटकीय क्षेत्रको विकास गर्न सके रोजगारका लागि विदेश जानुपर्ने बाध्यता हट्ने राम्चे गाविसका पूर्वअध्यक्ष रमन पुन बताउंछन् ।

प्रकाशित मिति: मङ्लबार, पुस २६, २०७३