शुक्रबार, चैत्र १६, २०८०

क्यालिफोर्नियाको प्रहरीद्वारा सयौं पशुपंक्षी नियन्त्रण

लस एन्जेलस, साउन । अमेरिकाको लस एन्जलेसको प्रहरीले अनुसन्धानका लागि दुई हजारभन्दा बढी पशुपंक्षी नियन्त्रणमा लिएको छ । प्रहरीले सर्प, सुगा, कुखुराbidesसहित अन्य जनावर शुक्रबार नियन्त्रणमा लिएकोमा आधा जति मृतक रहेको अधिकारीले जनाएका छन् ।
“झन्डै दुई हजारको सङ्ख्यामा कुखुरा र सुगालगायतका विभिन्न प्रकारका पंक्षी र अन्य केही जनावर पनि औद्योगिक गोदामबाट आज विहान नियन्त्रणमा लिइएको छ, । त्यहाँ केही आकर्षक माछा पनि रहेका थिए,” स्थानीय एक सामाजिक संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सयौं कुखुरा, कुखुराका चल्ला र सुगालगायतका विभिन्न प्रकारका चराहरु, सर्प र माछालगायतका पशुपंक्षीलाई कष्टकर अवस्थामा राख्ने गरिएको अधिकारवादी संस्थाले जनाएको छ । उनीहरुलाई हावा राम्रोसँग चल्ने, खाना पानीको व्यवस्था पनि राम्रो नभएको र जतततै उनीहरु त्यत्तिकै मर्ने गरेको पनि संस्थाको दावी छ ।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७४