कृषि सञ्चार माध्यम : धिपधिपे बत्ती

Jul 25 • Wide News A, विचार

नेपालमा कृपि क्षेत्रमा मात्र काम गर्ने सञ्चार माध्यम कमै भेट्न सकिन्छ । नेपालमा कृषि क्षेत्रमा रहेर हरेक गतिविधिलाई कृषक र बिज्ञ समक्ष पु¥याउने काम सञ्चारले गर्छ । कृषि क्षेत्रमा पत्रकारिताले कृषिको लागि यसले महत्वपूर्ण भूमिका खेल्दछ । जसले मुलुकलाई कृषि प्रधान देश हो भने परिचित पनि गराईरहेको छ । यसले कृषि क्षेत्रमा भएका हरेक क्रियाकलाप आम कृषक माझ पु¥यायर सुसुचित बनाउने काम पनि गर्दै आईरहेको छ । सञ्चार क्षेत्र एउटा यस्तो क्षेत्र हो जसले कार्यक्रमलाई प्रभावकारी र दूरदर्शी बनाउन मार्गदर्शन प्रदान गर्दछ । dhirener
कृषि प्रधान देश नेपालमा पत्रकारिता क्षेत्रको इतिहास लामै भएको भएपनि कृषि पत्रकारिताको इतिहास धेरै लामो छैन । तर पनि कृषिमा कलम चलाउने व्यतिm धेरै कम मात्रामा भेटिन्छ । देशको आर्थिक बृद्धि दरमा सबै भन्दा बढी योगदान दिने क्षेत्र कृषि हो । तर त्यही क्षेत्रमा सञ्चारकर्मी आकर्षित नहुनु, सञ्चार गृहले कृषिलाई प्राथमकिता नदिन भने विडम्वना नैहो ।
नेपालको पत्रकारिता क्षेत्रमा करीव १५ हजारको संख्यामा आवद्ध रहेको नेपाल पत्रकार महासंघको तथ्यांकले देखाउँछ । तर कृषिमा हेर्ने हो भने एक दर्जन पनि पुग्न मुश्किल रहेको छ । पछिल्लो समयमा हेर्ने हो भने कृषि सञ्चार माध्यमहरु आएको भएपनि त्यसलाई दिर्घकालिन रुपमा स्थापित गर्न त्यत्ति सजिलो देखिएको छैन । मुलुकभर आधा दर्जन कृषि सञ्चार माध्यम दर्ता भएको देखिएपनि विस्तारै ती सञ्चार माध्यमहरु बन्द हुने अवस्थामा पुगिसकेका छन् । त्यसैले होला जुन उर्जाका साथ कृषि मिडियाहरु खुले ती सुस्ताउदै गईराखेको अवस्था छ ।
नेपालमा कृषि क्षेत्रमा देखिएका समस्या र कृषि क्षेत्रमा कामहरुको चर्चा परिचर्चा कतै पनि सुनिदैन । कृषि क्षेत्रमा भएका गतिबिधि र अन्र्तराष्टिय क्षेत्रमा भैरहेको गतिबिधि नेपाली कृषक समक्ष पुग्न नसकी रहेको अबस्था छ । अन्य क्षेत्रका विषयप्रसंगहरुलाई स्थानीयदेखि राष्ट्रिय सञ्चार माध्यमको प्राथमिकतामा पर्ने गरेको भएपनि कृषि क्षेत्र कहिल्यै पनि प्राथमिकतामा परेको देखिँदैन ।
कसैको प्राथमिकतमा नपरेको कृषि क्षेत्र अनि नेपालको प्रमुख पेशाका रुपमा ६५ प्रतिशत जनताले सम्हालिरहेको कृषि क्षेत्रका विभिन्न समस्या भएपनि त्यो आवाज विहिन भएको छ । किसानका कुरा सँधै ओझेलमा परिरहेको देखिन्छ । जसका कारण पनि आम नेपाली किसानहरुले मल, वीउ, नयाँ प्रविधि, बजारीकरणको अभाव, उचित मूल्यको अभावका बावजुत पनि कृषि पेशामा लागिरहनु परेको छ ।
कृषि क्षेत्रमा देखा परेका समस्या र किसानहरुले भोग्नु परेको समस्या, यस क्षेत्रमा देखिएका विकृति विसंगतिहरुलाई समेत चिरफार गर्ने सोचले पत्रकारिताको इतिहासमा कृषि क्षेत्रलाई मात्र समेट्ने गरी २०६९ श्रावण ११ गते विधिवत् रुपमा दर्ता भएर कृषि साप्ताहिक प्रकाशन भएको देखिन्छ । जसलाई कृषि विषयको पहिलो साप्ताहिकका रुपमा चित्रण गरिएको पनि छ ।
हुन त कृषि क्षेत्रलाई प्राथमिकता दिनु पर्दछ । किसानहरुलाई जागरुक गराउनु पर्दछ भन्ने सोचले कृषि सरकारी तवरबाट शुरु भएको रेडियो कृषि कार्यक्रम विस २०१६ सालबाट शुरु गरिएको देखिएको भएता पनि त्यो डेढ दुई वर्ष पनि निरन्तर प्रशारण हुन सकेन भने निजी क्षेत्रबाट कृषि सञ्चार माध्यम सञ्चालन गर्नु नै महत्वपूर्ण कुरा हो ।
हाल आईपुग्दा पनि सरकारी तवरले किसानहरुलाई प्रविधि विस्तार गर्नका लागि राज्यले सञ्चालन गरेका सञ्चार माध्यमहरुलाई समेत प्रभावकारी रुपले परिचालन गर्न सकेको देखिंदैन । राज्यले हरेक वर्ष विनियोजित गरेको वजेट कसरी खर्च गर्ने र भारित प्रगति देखाउने काममा नै व्यस्त भएको देखिन्छ । पछिल्लो समयमा हेर्ने हो भने पनि कृषि विकास मन्त्रालय मातहतमा सहसचिव स्तरको कार्यलय प्रमुख रहने गरी कृषि सूचना तथा सञ्चार केन्द्र रहेको भएपनि करोडौं रुपैयाँ बजेट भएको सो केन्द्रसँग भन्दा हजार तथा लाख लगानी गरेर खुलेका निजी सञ्चार माध्यमहरुसँग किसानहरुका लागि धेरै खुराकहरु भेट्न सकिन्छ ।
कृषि सूचना तथा सञ्चार केन्द्रलाई कृषि समाचारको मूलश्रोतका रुपमा लिनु पर्ने हो तर कृषि सूचनासँगै कृषिका गतिविधिहरु अभाव छ । बरु निजी क्षेत्रका कृषि सञ्चार माध्यमहरुसँग ती कुराहरु यथेष्ट पाउन सकिन्छ । नेपालमा २०७४ आषाढ मसान्तसम्म आईपुग्दा अहिले पूर्ण रुपमा कृषिलाई समेटेका र निरन्तर प्रकाशन भईरहका एक साप्ताहिक, पाँच वटा मासिक रहेको सूचना विभागको तथ्यांकमा देखिन्छ ।
यो तथ्यांकलाई हेर्ने हो भने ६५ प्रतिशत कृषिमा संलग्न किसानहरुका लागि सूचना प्रवाहका लागि यदि माध्यमले पुग्ला त ? अवश्य पुग्दैन । तर किन खुल्दैनन् र दर्ता भएका कृषिका पत्रिका पनि बन्द हुन्छन् यसतर्फ राज्यका सरोकारवाला निकायले सोच्नु पर्ने बेला आएको छ । त्यसैले त अझै पनि नेपाली समक्ष सूचना पुग्न सकिरहेको छैन । नेपालको कृषि क्षेत्र, राजनीतिक र विभिन्न कारणले ओरालो लाग्दै गईरहेको छ । विभिन्न सूचना र गतिविधि कृषक समक्ष पुग्न सकिरहेको छैन । यदि कृषि सूचना, जानकारी प्रविधिलाई कृषक समक्ष पु¥याउन सकिएन भने कुनै विकास सम्भव छैन । अवको आवश्यकता भनेको कृषि आधुनिकीकरण हो । कृषि विकासका लागि कृषि प्रविधिदेखि सवै कुरामा नयाँ प्रविधि प्रयोग गर्ने हो भने मात्र कृषिको विकास हुन्छ । तर बर्षेनी अवौंको खाद्यान्न आयात भईरहेको छ । यो चर्चासँगै खेती योग्य जमीन बर्षै पिच्छे खण्डिकृत हुदै गईरहेको छ । घडेरी निर्माणका लागि खण्डिकृत (प्लटिङ्ग) भईरहँदा पनि त्यसलाई रोक्न सकिएको देखिंदैन । त्यसका लागि पनि कृषि सञ्चार माध्यमलाई सशक्त बनाउनका लागि सरोकारवाला मन्त्रालय वा निकायले थोरै मात्र भए पनि सोच्नु पर्नेदेखिन्छ । कृषि सञ्चार माध्यम धिपधिपे बत्ती जस्तै बलिरहेका छन् । कुन बेला निभ्ने हुन् थाहा छैन ।
यद्यपी समाचार, लेख वा जानकारी प्रकाशन गरेर वा प्रशारण गरेर परम्परागत रुपमा कृषि गरेका हुन् वा व्यवसायिक रुपमा कृषि गर्न खोजिरहेका किसानहरुलाई नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने, कृषि उत्पादन बृद्धिसँगै लागत मूल्य घटाउने, कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र वैज्ञानिकीकरण गर्नका लागि जानकारी दिने काम गर्नका लागि पनि कृषि सञ्चार माध्यमहरु निरन्तर टिक्नु आवश्यक छ । राज्यले थोरै मात्र पहल गर्ने हो भने पनि अहिले प्रकाशन वा प्रशारणमा आएका केही कृषि सञ्चार माध्यम मात्र होइन कृषिलाई प्रमुख बनाएर राष्ट्रिय दैनिकका रुपमा प्रकाशन हुने वातावरण बनाउनु पर्दछ र मात्र नेपाली कृषि क्षेत्रको विकासमा टेवा पुग्न सक्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

« »