शुक्रबार, चैत्र १६, २०८०

कृषि संरचना स्थानीय तहलाई

पर्वत, चैत्र । कृषि विकास कार्यालयका नाउँमा रहेका मातहतका सबै संरचना स्थानीय तहमा धमाधम हस्तान्तरण गर्न थालिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०४ अनुसार जिल्लास्थित कार्यालय स्थानीय तहलाई हस्तान्तरण गरिएका हुन् । चैत मसान्तभित्र कार्यालय खारेज हुने भएपछि कार्यालय मातहतका सेवा केन्द्र र उपकेन्द्रलाई स्थानीय तहमा बुझाउँदै लगिएको कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए । शुक्रबार मात्रै कृषि सेवा केन्द्र फलेवास नगरपालिकालाई र बिहीबार कृषि सेवा केन्द्र पातीचौर मोदी गाउँपालिकालाई बुझाइएको छ ।
कृषि केन्द्रका नाममा रहेका सम्पत्ति स्थानीय तहमा हस्तान्तरण भए पनि कर्मचारी भने हस्तान्तरण हुन सकेका छैनन् । संघीयता कार्यान्वयन भएसँगै जिल्ला कृषि विकास कार्यालयको मातहतमा सञ्चालन हुँदै आएका कृषि सेवा केन्द्र खारेजी गरी यसको संरक्षण, प्रवद्र्धनलगायत सबै अधिकार स्थानीय तहमा रहेकाले हस्तान्तरण गर्न थालिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए । जिल्लाका बिहादी, पैँयू, जलजला र महाशीला गाउँपालिकामा रहेका कृषि सेवा केन्द्र पनि हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति: सोमवार, चैत्र १२, २०७४