बुधबार, बैशाख १२, २०८१

कृषि विभागमा धर्ना बसेका कृषि प्राविधिकहरु पक्राउ

काठमाडौं, असोज । सरकारले कृषि क्षेत्रको विकासका लागि भन्दै दुई वर्ष अगाडि एक गाउँ एक प्राविधिक राख्ने निर्णयसँग खुल्ला प्रतिष्पर्धामा करार कर्मचारीका रुपमा नियुक्त गरेका प्राविधिकलाई हटाउने निर्णय गरेको छ ।
एक गाउँ प्राविधिक हटाउने निर्णयसँग त्यसको विरोधमा कृषि तथा पशुसेवामा करारमा कार्यरत प्राविधिक कर्मचारी आन्दोलित भएका छन् ।
विगतमा खुल्ला प्रतिष्पर्धाका देशैभरका स्थानीय तहका नियुक्त गरेका करारका कर्मचारीलाई हटाउने निर्णयका विरुद्ध कृषि विभाग हरिहरभवनमा शान्तिपूर्ण रुपमा धर्नामा बसेका प्राविधिक कर्मचारीहरुलाई प्रहरीले धरपकड गरी पक्राउ गरेको छ ।
आफ्नो पेशागत सुरक्षाको माग गदै शान्ति पूर्ण रुपमा धर्ना दिईरहेका ८० जना भन्दा बढी कृषि प्राविधिकहरुलाई महानगरीय प्रहरी कार्यालय ललितपुरले पक्राउ गरको छ ।
कृषि तथा पशु सेवा प्राविधिक हकहित संरक्षण समितिका सदस्य धिरेन्द्र बस्नेतका अनुसार विहान १० बजे विभागमा धर्ना दिएर बसेका प्राविधिकहरुलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी कार्यालय जावालाखेलमा राखिएको छ ।

प्रकाशित मिति: सोमवार, अशोज ६, २०७६