शुक्रबार, बैशाख ७, २०८१

कृषि विकास मन्त्रालयको उँट जस्तै संरचना

काठमाडौं, फागुन । देश संघीय संरचना अनुरुप सञ्चालनको प्रक्रियामा अगाडि बढिरहेका बेला स्थानीय, प्रदेश संघ सरकार सञ्चालनका लागि आआफ्नै ढंगले संरचना निर्माण कार्य भईरहेको देखिन्छ । विशेष गरी नेपालको आर्थिक मेरुदण्डका रुपमा कृषि क्षेत्र संघीय संरचनामा धरापमा पर्ने देखिएको छ ।
अहिले सरकारले संविधान अनुरुप मन्त्रालयको संख्या घटाउने क्रममा कृषि विकास मन्त्रालय, पशुपन्छी विकास मन्त्रालय, सहकारी तथा भूमि सुधार मन्त्रालयलाई एकै मन्त्रालयका रुपमा स्थापित गरेको छ । तर कृषि विकास मन्त्रालयका लागि सवैभन्दा महत्वपूर्ण मन्त्रालयका रुपमा रहेको सिंचाई मन्त्रालयलाई कृषिसँग जोड्ने प्रयास गरिएन । जसले गर्दा कृषि उत्पादकत्व बृद्धि हुने सम्भावना कम हुँदै गएको छ ।
चालु आर्थिक वर्षको गएको सात महिना मुलुकभरको कृषि क्षेत्रको अवस्था हेर्ने हो भने उत्पादन अत्यन्तै न्यून देखिन्छ । स्थानीय तहमा कृषि क्षेत्रको बजेट पठाइएका कारण प्रगति हुन नसकेको उच्च कर्मचारीहरु बताउँछन् । तर कृषि प्रगति हुन सकेन भन्नेमा जवाफ आउन सक्दैन । जसरी स्थानीय तहका कृषिको बजेट पठाउँदा कृषि क्षेत्र निराशाजनक देखियो त्यही अनुरुप अहिले बनाइएको संरचनाका कारण यो भन्दा बढी निराशा जनक अवस्था देखिने संकेत आएको छ ।
अहिले मर्ज भएको मन्त्रालय र तल्लो तहसम्मका लागि तयार गरिएको संरचना हर्ने हो भने कृषि विकास मन्त्रालय उँट जस्तै बनेको देखिन्छ । प्रशासन संयन्त्रको हावी तथा विषयगत शाखा, महाशाखाहरुमा पनि फरक विषयगत विज्ञहरुलाई प्रमुख बनाउने गरी तयार गरिएको देखिन्छ । बाली विज्ञलाई माटो विज्ञ बनाउन खोज्ने वा चरन विज्ञलाई क्वारेण्टानइन विज्ञ बनाउन खोज्दा कस्तो परिणाम आउँला ।
तसर्थ अहिले संरचनाले पूर्णता पाईसकेको छैन त्यसकारण हतारमा निर्णय गरेर फुर्सतमा पछुताउनु भन्दा केही समय फुर्सद लिएर निर्णय गर्ने तर्फ सरोकारवाला मन्त्रालय विज्ञ, संघीय विद्हरुले समेत चासो राखेर कृषि तथा पशुपन्छीको विकासका लागि अघि बढ्ने कि ?

प्रकाशित मिति: सोमवार, फाल्गुन २८, २०७४