कृषि विकासका लागि कृषि प्रसार आवश्यक

Jun 14 • Wide News A, विचार

dhirendraप्रसार भन्ने वितिकै कुनै पनि नया“ घटना , विचार, जानकारीलाई अर्को व्यक्तिसम्म पु¥याउनु नै प्रसार हो । कुनै सत्य घटनालाई जस्ताको तेस्तै अर्को व्यक्तिसम्म पु¥याउनुलाई प्रसार भनिन्छ । प्रसार सुरुवात बिश्वमा वेलायतको क्याम्व्रिज विश्वविद्यालयले सन् १८७३ मा गरेको थियो । त्यस्तै गरेर त्यसको अगाडिको पाईन्छ । भने कृषि सम्बन्धि प्रसारको सुरुवात सन् १८८०–१९१० को विचमा गरेको पाईन्छ । यो कपास खेतीसंग संबन्धित रहेको पाईन्छ । जुन अमेरिकामा भएको थियो । सर्वप्रथम कृषि प्रसार शब्दको उत्पत्ति सन् १८९४ मा युरोपमा भएको हो ।
कृषि प्रसार ः कृषि प्रसार भन्नाले कृषि सम्बन्धि नया“ प्रविधि, नया“ ज्ञान, र सिपलाई कृषक समक्ष पु¥याउनु लाई नै कृषि प्रसार भनिन्छ । नेपालमा कृषि प्रसारको सुरुवात कृषि विभागको स्थापनासंगै २००८ साल देखि नै कृषि विकासका लागि केहि प्रसारका प्रयास कार्य थालेको पाईन्छ । नेपालमा वि.सं. २००८ सालमा कृषि प्रसार सेवा संचालन भएको हो । भने अर्को प्रयास कृषि प्रसार लाई अगाडि बढ्नको लागि वि. सं. २०१० सालमा एक एकाईको रुपमा कृषि प्रसार कार्यक्रम सञ्चालन भएको थियो ।
त्यस्तै गरि नेपालको कृषि विकासको लागि कृषि प्रसार एउटा महत्वपुर्ण आधार हो । यसको अगाडि बढ्नको लागि सन् १९७५÷७६ मा तालिम तथा भेटघाट कार्यक्रम विश्व बैंकको सहयोग सञ्चालन भएको थियो । जुन कार्यक्रम अगुवा कृषकलाई तालिम दिने र त्यसपछि खेतमा भेटघाट कार्यक्रम हुन्छ । जसका कारणले किसानले नयाँ आएको प्रविधि र सिपको बारेमा सजिलै जानकारी पाउथ्यो किसानले आफ्नो समस्या भन्न पाउथ्यो र समाधानको लागि पनि सजिलै हुन्थ्यो । तर कार्यक्रम सबै जिल्लामा लागु हुन सकेन । त्यस्तै गरेर अरु धेरै कार्यक्रमहरु सञ्चालन भए विदेशी संस्थाको सहयोगमा कुनै कार्यक्रम प्रभावकारी रुपमा कार्यन्वयन हुन सकेन त्यसमा विभिन्न कारणले रहेका छन् ।
नेपालमा भौगोलिक हिसाबमा विकट क्षेत्रहरु धेरै छन् र अर्को धेरै क्षेत्रमा यातायातको असुविधा र प्राविधिकहरु गाउ“मा नजाने भएको कारणले गर्दा खेरी कृषि सम्बन्धि भएको कार्यक्रमले त्यति प्राथमिकता पाउन सकेन । र दिगो रुपमा कार्यक्रम सञ्चालन भएन जसका कारणले कार्यक्रम सञ्चालन भए तर कार्यन्वयन हुनसकेन । वि.सं. २०१८ सालमा तत्कालीन वन तथा कृषि मन्त्रालयबाट प्रकाशनबाट सुरु गरिएको कृषि मासिक पत्रिका हाल आएर कृषि सुचना तथा संञ्चार केन्द्रबाट प्रकाशित छ । मासिक पत्रिका पनि त्यति प्रभावकारी भएको देखिदैन र समयमा प्रकाशित काम नहुदा पत्रिका प्रकाशनमा ढिलो भैरहेको अवस्था छ । त्यो पत्रिका कृषक समक्ष अझैसम्म पुग्न नसकी रहेको अवस्था त्यो पत्रिका ग्राहक भन्दा बाहिर पुग्न सकेको छैन । कार्यक्रम प्रगति पु¥याउने हिसावले मात्र सो प्रकासशन भईरहेको देखिन्छ । यदि कृषि विकास मन्त्रालयको सुचना केन्द्र मात्र आएर माग नगरेसम्म त्यो अन्य किसानसम्म पुग्न सकेन । कृषि दैमासिक पत्रिकामा प्रकाशित नया“ प्रविधि नया“ जानकारी र सफल कृषि कृषकको कथा र प्रविधि अपनाउने बारेमा जे.टि.एले दिने सम्वाद समेटिएको पत्रिका कृषक समक्ष पु¥याउन सक्ने हो भने त्यस सम्बन्धि केही नया“ कुरा गर्न सक्छन् किसानले ।
कृषिमा सुचना र सञ्चारको महत्वको महसुस गरेर वि.सं. २००८ सालमा स्थापना भएको कृषि विभाग अन्तर्गत वि.सं. २०२२ सालमा कृषि सुचना शाखाको स्थापना गरियो । त्यसको उदेश्य आधुनिक सुचना प्रविधिको प्रयोगद्धारा कृषक, कृषि प्रसार कार्यकर्ता तथा अनुसन्धान कर्ता विचको अन्तरसम्बन्ध बढाइ ज्ञानमा आधारित कृषि प्रणाली अपनाउन कृषक सामुदाय लाई उन्मुख तथा अभिप्रेरित गर्ने काम र कृषि क्षेत्र बैज्ञानिक उपलब्धि मुलक विभिन्न जस्तै खाद्य, कृषि बजार कृषि व्यवसाय, सहकारी विविध अन्य सूचना नीति सबैको बारेमा जानकारी पु¥याउने उदेश्य यसको स्थापना भएको हो ।
देशका कुल जनसंख्या मध्ये ६५,६ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेका छन् । देशको दुई तिहाई भाग ओगटेको कृषि क्षेत्र कृषिको विकासको लागि एकदमै महत्वपुर्ण काम भनेको कृषि प्रसार हो । जसले कृषकलाई सहि ज्ञान पु¥याउछ । सहि सूचनाको प्रवाह गराउछ किसानले नया“ प्रविधिको वारेमा जानकारी हुन्छ । कृषि क्षेत्र विकासको लागि महत्वपुर्ण पाटो कृषि प्रसार पनि हो ।
नेपालमा परमपरागत रुपमा त पहिले देखि खेती गर्दै आईरहेका छन् । कतिको अवस्था आफूमा आत्मनिर्भर छ । भने कतिको खेती गरेर पनि खान नपुग्ने स्थिती रहेको छ । यदि यस्तो अवस्था कृषि सूचना, नया“ प्रविधि विकास गरी आत्मनिर्भर किसानलाई व्यवसायमुखी बनाउने र जस्लाई खेती गरेर पनि खान पुगिरहेको छैन उसलाई नया“ प्रविधि द्धारा आफैले खेतीबाट आत्मनिर्भर हुने आधार गर्ने हो भने नेपालमा कृषि विकास सम्भव छ ।
कृषि प्रसारबाट नै विभिन्न दुरदराजमा बसेका कृषकलाई सूचना प्रवाह गरेर उनीहरुको जिवन परिवर्तन गर्न सकेमात्र कृषि विकास हुन्छ । त्यस्तै गरेर अर्को सुचनाको माध्यम भनेको रेडियो जुन वि.सं. २०२३ साल मंसिर २५ गते देखि रेडियो नेपालबाट कृषि कार्यक्रम सञ्चालन भएको हो । यो अहिले पनि चलिरहेकै छ । रेडियो यस्तो एउटा माध्याम हो । किसानले एउटा रेडियो भएमा देशको जुन सुकै कुनामा पनि सूचना प्राप्त गर्न सक्दछन् । यदि कृषि सम्बन्धि नयाँ प्रविधिको प्रसार गर्ने हो भने पनि किसानले कृषि सम्बन्धि ज्ञान पाउ“छन् ।
तर यसमा सबैकुरा समेट्न सकिदैन । रेडियो एउटा आम संचारको माध्यम हो । साथै नेपाल टेलिभिजनबाट पनि कृषि कार्यक्रम संचालन हुन्छ । तर टेलिभिजनको कार्यक्रम सबै किसानको पह“ुचमा पुग्न सक्दैन । कृषि विकास मन्त्रालयले सञ्चालन गरेको रेडियो कार्यक्रम र टेलिभिजन कार्यक्रमलाई अझ प्रभावकारी बनानउनु आवश्यक छ ।
सरकारीका तर्फबाट कृषि प्रसारका लागि स्थापना भएका सञ्चार माध्यमहरुले विगतमा जसरी महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए पछिल्ला समयमा त्यो महत्वपूर्ण भूमिका निर्वाह गर्न नसकेको आम सरोकारवाला निकायहरुकै गुनासो छ । पछिल्लो समयमा निजी क्षेत्रबाट नेपाली कृषि क्षेत्रमा भएका गतिविधिहरुलाई मात्र समेट्ने गरी नेपालको पहिलो कृषि पत्रिकाका रुपमा कृषि साप्ताहिक २०६९ श्रावण ४ गते विधिवत रुपमा दर्ता भई निरन्तर प्रकाशन शुरु भएको थियो । जसले हालसम्म निरन्तर प्रकाशनमा रहेको छ । त्यस्तै निजी क्षेत्रबाट कृषि साप्ताहिकको प्रकाशन पश्चात मासिक पत्रिकाका रुपमा कृषि प्रविधि, कृषक,, हिपात, एग्रो टाइन्स, भेट टाईम्स पनि दर्ता भएर प्रकाशन भएको देखिन्छ । त्यस्तै धादिङबाट रेडियो कृषि प्रशारणमा रहेको देखिन्छ भने लेख तयार पारिरहँदासम्म कृषि टेलिभिजन (स्थानीय केवलका माध्यमबाट परिक्षण प्रशारण) सुचारु भईरहेको देखिन्छ ।
कृषि सूचना आम किसानसम्म प्रसार गर्नका लागि प्रकाशित भईरहेका छापा माध्यमसंगै बढ्दो प्रविधिलाई आत्मसात गर्दै कृषि विषयको पहिलो डिजिटल पत्रिकाका रुपमा कृषि अनलाईन डटकम (धधध।पचष्कजष्यलष्लिभ।अयm)पनि २०७० को कार्तिक महिनाबाट प्रकाशत भएको तथ्यांकले देखाएको छ । जुन इन्टरनेटको पहुचमा भएको किसानहरुले कृषिका गतिविधिहरुलाई प्रविधिका माध्यमबाट सजिलै उपयोग गर्न सक्दछन् ।
यदि यसका बारेमा जनचेतना बढाउने हो विकास गर्ने हो भने इन्टरनेटको पहुुचमा पुगेको किसानले जुनसुकै क्षेत्रबाट पनि सजिलै सुचना प्राप्त गर्न सक्छन् । छिटो र छरितो किसानको हातमा पुग्छन् । जसले गर्दा उसको ज्ञान, सिपमा अभिबृद्धि ल्याउन सक्छ । कृषि सूचना क्षेत्रमा अगाडि बढाउनको लागि राज्यले लगानी गरे पनि त्यसको प्रभावकारीता सबै क्षेत्रमा पुग्न सकिरहेको छैन । अहिले धेरै किसानहरु सूचनाको पहुच बाहिर नै छन् । त्यसको पहुचमा थोरै कृषक समक्ष मात्र पुगेको छ । राज्य लगानी गर्ने मात्र होइन । त्यसको उपयोग भए नभएको बारेमा जानकारी लिन जरुरी छ । यहाँ राज्यबाट लगानी त गरिन्छ । त्यो कृषक समक्ष पुग्दैन भने त्यसको औचित्य के भयो र अहिले राज्यले कृषि क्षेत्र के के सेवा दिइरहेको त्यसको बारेमा पनि कृषक लाई जानकारी छैन ।
तसर्थ कृषि विकास मन्त्रालयले सरकारी माध्यम मात्र होइन कृषि क्षेत्रकै लागि भनेर खुलेका निजी क्षेत्रका सञ्चार माध्यमहरुसँग सञ्चार माध्यमको अवस्था, प्रभाव हेरेर सहकार्य गर्ने हो भने कृषि प्रसारमा महत्वपूर्ण कोशेढुङ्गा सावित हुन सक्छ । हुन पुगेको छ ।अहिले थुप्रै व्यवसाईहरु सञ्चालनमा छन् । तर पनि त्यती प्रभावकारी हुन सपिराखेका छैनन् । -धिरेन्द्र बस्नेत

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

« »