शुक्रबार, चैत्र १६, २०८०

कृषि मन्त्री : काम भन्दा बढी कुरा जान्ने भएकैले मल अभाव

काठमाडौं । कृषि मन्त्री घनश्याम भुषाल अत्यन्तै विद्धान नेताका रुपमा चिनिन्छन् । माक्र्सका सिद्धान्तदेखि धेरै सिद्धान्तहरु विगतमा बाउबाजेले रामायण कण्ठ पारे जस्तै कण्ठ छ उनलाई । कृषि मन्त्री नहुञ्जेलसम्म यूट्युवरसँग निकै चर्को वहश गर्ने भुषाल यतिखेर भने आफ्ना नजिकका भन्दा बाहिरका सञ्चार माध्यमसँग भेट गर्न नै चाहँदैनन् । कारण हो, उनले कृषि मन्त्रीको पदभार ग्रहण गर्दा जे जे बोलेका थिए ती कुनै पनि कुरा पूरा गर्न सकेका छैनन् ।

आफ्ना राम्रा कुराहरुको मात्र सुनुवाई गर्न चाहने नेपाली कालमाक्र्स भन्दा फुरुङ्ग हुने मन्त्री भुषाल अहिले भने सत्ताको स्वादमा दङ्ग छन् । कृषि क्षेत्रको विकासका लागि किसानलाई आवश्यक पूर्वाधार मल, बीउ पु¥याउन सकिरहेका छैनन् । कुरा सिद्धान्तका गर्ने तर काम भने गर्दै नगर्ने मन्त्रीका रुपमा आफ्नो छवि उनले कृषि मन्त्री भएर आएदेखि विगारिसकेका छन् ।

मध्य भदौंसम्म आईपुग्दा पनि उनले रासायनिक मलको अभावलाई सहज गर्न सकेका छैनन् । प्रचण्डका घरभेटीलाई मल ठेकेदार बनाएपछि त झन् कसैले बोल्ने हिम्मत पनि गर्न सक्दैन । यही बेला हो मन्त्री भुषालले आफ्नो छवि परिवर्तन गर्ने बेला । उनले तोकिएको समयमा मल आयात गर्न नसक्ने ठेकेदारको ठेक्का रद्द गरिदिनु पर्दछ । प्रचण्डको नाम वदनाम गराउने सैलुङ्ग कन्स्ट्रक्सनका माालिक शारदा अधिकारीलाई कार्वाही गर्न सक्नु पर्दछ ।

किसानहरुलाई जेठ असारमा चाहिने मल मध्य भदौंसम्म नल्याउने र जसरी भएपनि ठेक्का पारेर अल्झाउने सैलुङ्ग कन्स्ट्रक्सनलाई कालोसूचिमा राखेर कार्वाही प्रक्रिया अगाडि बढाए मात्र कृषि मन्त्री घनश्याम भुषालको विगतको छविमा सुधार आउने छ । अन्यथा उही घरभेट पोस्ने हो भने भुसालले पनि प्रधानमन्त्री ओलीले दिएको जागिर मज्जाले पाएसम्म खानुको विकल्प छैन ।

त्यसकारण सिद्धातका गफ र कुरा भन्दा पनि कृषि मन्त्री भुषालबाट आम किसानहरुले काम भएको देख्न चाहेका छन् । बंगलादेशबाट पैचो मागेर कुबेलामा मल आयात गर्नु मन्त्री भुषालका लागि पनि राम्रो पक्कै मानिदैन । समय भड्किसकेको छ । धानको बाला लाग्ने बेलामा ल्याएको पैचो रासायनिक मल लगत पछिको पोत जस्तै हो । त्यसैले मन्त्री भुषालज्यू कानूनलाई कार्यान्वयन गर्दै सैलुङ्ग कन्स्ट्रक्सनलाई कार्वाही प्रक्रिया अगाडि बढाउँदा उचित होला ।

प्रकाशित मिति: बिहिबार, भदौ १८, २०७७