शुक्रबार, चैत्र १६, २०८०

कृषि मन्त्रालयको सचिवमा डा जिसी, बनमा पुगे ओली

काठमाडौं, चैत्र । नवगठित सरकारले विभिन्न मन्त्रालयका ३० सचिवको सरुवा गरेको छ । सोही क्रममा बन तथा भूसंरक्षण मन्त्रालयका सचिव डा युवकध्वज जिसीलाई कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । भने पशुपन्छीमा रहेका सचिव डा विश्वनाथ ओलीलाई भने बन तथा वातावरण मन्त्रालयमा पु¥याईएको छ । पशुपन्छीमा आउनु अघि ओली वनमा नै सचिव थिए ।
कृषि बन समूहका सचिवहरुलाई आफ्नै क्लष्टर भन्दा बाहिर सरुवा गर्ने प्रचलन दुई वर्षदेखि हटेको छ । जसका कारण बन तथा वातावरण मन्त्रालय, कृषि, पशुपन्छी क्लष्टरका सचिवलाई मात्र सोही क्लष्टरका मन्त्रालयमा सरुवा गर्न थालिएको हो । सचिवमा बढुवा भए लगतै पशुपन्छी विकास मन्त्रालयमा पदबहाली गरेका जिसीलाई अघिल्लो सरकारका पाला बन मन्त्रालयमा सरुवा गरी बन मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीलाई पशुपन्छी विकास मन्त्रालयमा ल्याईएको थियो । पछिल्लो समय मन्त्रालय गाभ्ने क्रममा पशुपन्छी, भूमिव्यवस्था, सहकारी मन्त्रालय समेत कृषि मन्त्रालयमा गाभिएको थियो । कृषि विकास मन्त्रालयमा रहेको सचिव डा. सुरोज पोख्रेल अघिल्लो साता मात्र उमेरहदका कारण अवकाश प्राप्त भएका कारण कृषि विकास मन्त्रालयमा सचिवको पद रिक्त थियो । पोख्रेलको अवकाश पछि कृषि विकास मन्त्रालयमा रिक्त पदमा सहकारीका सचिव गोपीनाथ मैनाली आउने चर्चा चले पनि क्लष्टर लागू भएका कारण नै उनलाई सचिवको जिम्मेवारी नदिई कृषि विकास कै सहसचिव ईश्वरप्रसाद रिजालले निमित्त हाँकिरहेको थिए ।
कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयको कृषित तर्फ सचिवका रुपमा आएका डा युवकध्वज जिसी छोटो समयमा नै सचिव भएका भाग्यमानी सचिवमा रुपमा चिनिन्छन् । उनी निजामती सेवामा छड्के प्रवेश मार्फत सिधै सहसचिवमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति: शनिबार, चैत्र २४, २०७४