कृषि ज्ञान केन्द्रका सम्भावना र चुनौती

नेपालगञ्ज । राज्यको पुनःसंरचनासँगै बाँकेको कृषि विकास कार्यालयलाई ‘कृषि ज्ञान केन्द्र’मा प्रतिस्थापन गरेपछि यसको सेवा प्रवाहले नयाँ स्वरुप लिएको छ ।
केन्द्र प्रमुख सागर ढकालका अनुसार कृषकलाई आधुनिक तथा वैज्ञानिक सेवा प्रवाह गर्नका लागि कृषि विकास कार्यालयको सट्टा कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो । “अहिले कृषिमा आधुनिक प्रविधि भित्रिएसँगै बालीनालीमा नयाँ÷नयाँ रोग र कीराको प्रकोप बढ्दै गएको छ । रोग र कीराको उपचार तथा त्यसको उचित व्यवस्थापनका लागि विगतका दिनमा प्रवाह हुँदै आएको सेवा पर्याप्त नभएपछि विशेषज्ञ सेवा प्रवाह गर्न केन्द्रको अवधारणा ल्याइएको हो,” उनले भने ।
प्रदेश नं ५ सरकार मातहत रहने केन्द्रलाई कृषि क्षेत्रको विशेषज्ञ सेवा प्रवाह गर्ने भनिएको छ । जिल्लाका स्थानीय तहसँग समन्वय गर्ने केन्द्रको योजना छ । केन्द्रको योजना र सहज सेवा प्रवाहको चाँजोपाँजो मिलाउन केन्द्र जुटेको छ । साविकको जिल्ला कृषि विकास कार्यालयलाई खारेज गरी त्यसको शाखा स्थानीय तहमा राखिएको छ । नागरिक पनि विगतको भन्दा राम्रो सेवा स्थाीनय तहबाट पाउने आशा र अपेक्षामा छन् ।
नागरिकको उक्त अपेक्षापूर्तिका लागि स्थानीय तहले कृषि सम्बन्धी सेवा प्रवाह गर्दा विशेषज्ञ सेवा प्रवाह गर्नुपर्ने भएको छ । त्यसैलाई सहयोग पु¥याउन केन्द्रको स्थापना गरिएको केन्द्र प्रमुख ढकालले बताए । जिल्लामा स्थापना भएको कृषि ज्ञान केन्द्रले बर्दिया हेर्ने जिम्मेवारी समेत पाएको छ । कृषि विशेषज्ञसहितको जनशक्ति, आवश्यक बजेटको व्यवस्था, उच्च प्रविधि तथा भौतिक पूर्वाधार केन्द्रका लागि चुनौती हुन ।
चुनौती स्वीकार गर्दै प्रदेश नं ५ सरकारले केन्द्र आप्mनो मातहत रहने गरी स्थापना गरेको सांसद कृष्णा केसी बताए । “स्थानीय तहमा कृषि शाखा स्थापना त भयो, तर त्यहाँ विशेषज्ञ दक्ष जनशक्ति छैन,” उनले भने । कृषि ज्ञान केन्द्रबाट त्यसको परिपूर्ति हुने भएकाले जिल्लामा कृषि सम्बन्धी योजना कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको नेपालगञ्ज उपहानगरपालिका कृषि शाखा प्रमुख जीवनकुमार केसी बताए ।
खेती, किसानीमा नयाँ÷नयाँ वैज्ञानिक प्रविधि र कृषियन्त्रको विकासले गति लिँदै गएको छ । नेपालका ग्रामीण भेगका अधिकांश किसानले अहिले पनि परम्परागत रुपमा खेती गरिरहेका छन् । कृषि सम्बन्धी आधुनिक यन्त्रको पहुँच बढाउँदै आधुनिक प्रविधिबाट खेती गर्न कृषकलाई सहयोग गर्ने केन्द्रको उद्देश्य र लक्ष्य छ । कृषकले आधुनिक प्रविधिको ज्ञान हासिल गर्नसक्ने र उन्नत आधुनिक प्रविधिबाट खेती गरी सुधार ल्याउने योजना केन्द्रको छ ।
कृषि ज्ञान केन्द्रबाट परम्परागत खेतीलाई आधुनिक प्रणालीमा रुपान्तरण गर्न मद्दत पुग्ने विश्वास यहाँका किसानको छ । “कृषि ज्ञान केन्द्रबाट विशेषज्ञ सेवा प्रवाह भएमा यसबाट हामी लाभान्वित हुन्छौँ,” डुडुवा गाउँपालिका–३ का राममनोहर चौधरीले भने । जिल्लाका ६ गाउँपालिका र दुई नगरपालिका तथा बर्दियाका ६ नगरपालिका र दुई गाउँपालिका कार्य क्षेत्र रहेको सो केन्द्रलाई शुरुवाती चरणमा काम गर्न त्यति सहज छैन । यी दुई जिल्लाले वर्षेनी बाढी, डुडुवा र नदीबाट हुने जग्गा कटानको समस्या भोग्दै आएका छन् । समयमा मल र बीउबिजन नपाउने समस्या कायमै छ ।
यी समस्याका बाबजुद बाँके र बर्दियामा आधुनिक कृषिको विस्तारमा सम्भावना पनि प्रशस्तै छन् । स्थानीय तहमा कृषि शाखाको व्यवस्था हुनुले किसानलाई आप्mनो कामका लागि जिल्ला सदरमुकाम धाइरहनुपर्ने अवस्थाको अन्त्य, कृषि सम्बन्धी योजना कृषककै सल्लाह, सुझाव र मागका आधारमा स्थानीय तहबाट निर्माण हुनसक्नु, गाउँगाउँमा बाटो धमाधम बन्दै जानु तथा जनप्रतिनिधि जनताप्रति जवाफदेही हुनु यसको सकारात्मक पक्ष हो । प्रदेश नं ५ सरकारको मातहतमा रहने गरी स्थापना भएको कृषि ज्ञान केन्द्रले यही सम्भावनाका आधारमा आप्mनो योजना तय गर्न सके बाँके र बर्दियामा कृषिमा छिट्टै फड्को मार्ने विश्वास गरिएको छ । –नीरज गौतम