शुक्रबार, चैत्र १६, २०८०

कृषि क्षेत्रको बजेट अन्यत्रै खर्च

सिमकोट, वैशाख  । जिल्लाको कृृषि क्षेत्रको विकासका लागि आएको बजेट अन्यत्र खर्च गरिएको छ । कृृषि क्षेत्रको विकासका लागि जिल्लामा आएको कुल बजेट मध्ये पचास प्रतिशत मात्र सम्बन्धित शीर्षकमा खर्च भएको छ भने बाँकी भने अन्यत्र खर्च भएको पाइएको हो ।

चालू आर्थिक वर्षका लागि पाँच करोड आठ लाख २९ हजार बजेट विनियोजन भएकोमा त्यसको ५० प्रतिशत मात्र बजेट गाउँपालिकाले कृृषि क्षेत्रको विकासका लागि विनियोजन गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृृषि विकास अधिकृत डाक्टर चन्द्रप्रसाद रिसालले बताए । कृषि क्षेत्रको विकासका लागि सिमकोट गाउँपालिकाका लागि एक करोड १५ लाख १५ हजार बजेटमा गाउँपालिकाले ५६ लाख मात्र बजेट विनियोजन गरेको उक्त गाउँपालिकाका कृृषि शाखाको प्रमुुख बलबहादुुर फडेराले बताए। अन्य बजेट गाउँपालिकाले बाटो तथा अन्यत्रै विनियोजन गरेको देखिएको उनले बताए ।
त्यसैगरी खार्पुनाथले ५५ लाख ५९ हजारमा ३१ लाख २० हजार, सर्केगार्ड गाउँपालिकाले ५५ लाखमा ५९, चङ्खेली गाउँपालिकाले ८० लाख ८९ हजारमा सत प्रतिशत बजेट विनियोजन गरे पनि सम्बन्धित शीर्षकमा हालसम्म खर्च नगरेको पाइएको  रिसालले बताए ।
अदानचुुलीले ७० लाख १९ हजारमा २५ लाख मात्र बजेट विनियोजन गरेको उहाँले बताए।
यता सर्केगार्ड गाउँपालिकाले सतप्रतिशत बजेट विनियोजन गरेको भए पनि हालसम्म खर्च गरेको देखिँदैन । ताँजाकोट गाउँपालिकाले बजेट नै विनियोजन नगरेको देखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । भने नाम्खा गाउँपालिकाले बजेट ५७ लाख ५९ हजार रहेकोमा कति बजेट विनियोजन नै गरेको देखिँदैन ।
कृषि क्षेत्रको सम्भावना राम्रो भएको जिल्लामा बजेट शिलिङले निर्धारण गरेको बजेट पर्याप्त नभएको अवस्थामा झन त्यस माथि गाउँपालिकाले निकै कम बजेट छुुट्याउँदा यसको असर कृृषि क्षेत्रमा निकै पर्ने  रिसालले जनाए।
नियमानुुसार यसरी शीर्षकै परिवर्तन गर्न नहुुने उहाँको तर्क छ । जिल्लाका सात वटै गाउँपालिकाको कृृषि क्षेत्रको लागि आएको बजेट गाउँपालिकाकाले आफूलाई आवश्यकता पर्ने क्षेत्रमा खर्च गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, बैशाख २, २०७५