Exif_JPEG_420

किसान आफैले मूल्य निर्धारण गर्न पाउनु पर्छ

Apr 10 • सफल किसान

चितवन । भरतपुर–२९, सुन्दरवस्ती चितवनका खेम भट्ट पेशाले कृषक हुन । उनले देशदेखि विदेशसम्म कृषक कै भूमिकामा रहेर काम गरे । जापानमा बसेर व्यवसायिक कृषि सिकेका उनी नेपालको कृषि क्षेत्रको बेहाल देखेर दिक्क मान्छन् । जापानमा रहँदा व्यवासायिक कृषि फार्ममा काम गरेका भट्ट विशेष गरी कृषक आफूले उत्पादन गरेको कृषि उपजको मूल्य आफैले तोक्ने अवस्था नआएसम्म कृषक माथि उठन नसक्ने ठोकुवा गर्छन । विहान, बेलुका र घा“स काट्दै, , विदाको दिनको गाई, भैसी चराउ“दै स्कूले जीवन र वाल्यकाल विताएका उनी पनि ६५ प्रतिशत कृषिमा निर्भर जनतामा आफूलाई त्यहिभित्र समाहित गर्छन ।

Exif_JPEG_420

उनी भन्छन ‘म अहिले परम्परागत रुपमा नै कृषिमा संलग्न छु ।’ अव व्यवसायिक रुपमा कृषि क्षेत्रमा लाग्ने सोच वनाएको छु । चितवनको पटिहानीमा व्यवसायिक रुपमा कृषि र पर्यटनलाई जोड्दै त्यसको व्यवसाियक योजना बनाउ“दैछु । यो अन्तिम चरणमा पुगेको छ । अव छिट्टै यसलाई कार्यन्वयको अन्तिम रुप दिनेछु उनले भने  । उनी जापान रहँदा देखिने उनलाई नेपाली किसानहरुको एउटा चिन्ताले सधै छोयो । त्यो हो कृषि उपजको उचित मूल्य नपाउनु । अहिले भट्टले चितवनमा यहि कुराको वकालत गर्दै हिड्छन र भन्छन् । हामीले उत्पादन गरेको कृषि उपजको मुल्य हामी आफैले तोक्नु पाउनु पर्छ । अव यसलाई राष्ट्रिय रुपमा नै अभियान चलाउने पक्षमा छन उनी । यसको लागि उनले कृषि क्षेत्रसँग सम्वन्धित संघ, संस्थामा कुरा अगाडि वढाइरहेका छन् । हामी कृषकले उत्पादन गरेको कृषि उपजको लागत मूल्य भन्दा कम मूल्यमा बेच्न बाध्य भएको अवस्था छ । कृषि वाहेकको अन्य सामानहरुको मूल्य निर्धारण हु“दा परेको मूल्यभन्दा माथि केही नाफा राखेर विक्री हुन्छ, जसलाई स्वभाविक मानिन्छ, ग्राहकवर्गले समेत यति नाफा त ठिकै हो भन्छन् । ती वस्तुहरुमा थपमूल्य समेत जोडी किनवेच गर्दा प्रशासनले समेत जायज भन्छ भने कृषकहरुको कृषि उपजको मूल्य लागत मूल्य भन्दा कम गरेर वेच्न वाध्य हुँदा अनुगमन गर्ने निकाय समेतले अन्याय भयो पनि भन्दैनन् । तसर्थ यस्ता विषयलाई उजागर गर्न, जनचेतना जगाउँदै, कृषकहरु माथि परेको पिरमर्का, अन्यायको विरुद्धमा एक्लै भएपनि लड्ने हिम्मत उनी राख्छन् । कृषि क्षेत्रमा व्यापक विचौलिया प्रथा, सरकारी अनुदानमा भ्रष्टाचार र विचौलिया प्रथाले गर्दा नेपालमा कृषिको विकास हुन नसकेको र यसले गर्दा कृषकहरु दिन प्रतिदिन घाटामा गई आफ्नो जायजेथा समेत वेच्न वाध्य हुनुपर्ने स्थिति सिर्जना भई युवाहरु विदेशिन वाध्य भएको उनको भनाई छ ।
कृषि क्षेत्रमा भएको यस्तो प्रवृति रोक्नको लागि कृषक आफै जागरुक हुनुपर्ने उनको ठम्याई छ । कृषि उपजको उचित मूल्य कृषकले प्राप्त गर्ने अवस्था सिर्जना गर्दै, सिचाईको लागि सरकारले ठाउँ ठाउँमा आधुनिक ठुलो नहरको निर्माण गर्ने, मल, विउ, विषादीको उचित व्यवस्था गर्दै, कृषि उपज भण्डारणको लागि ठाउँ, ठाउ“मा शित भण्डारको व्यवस्था हुन सक्यो र कृषि उपज वेचविखनको लािग बजारको ग्यारेन्टी भयो भने मात्र नेपालको कृषि क्षेत्रको विकास हुन सक्ने उनको धारणा छ । यससँगै राज्यको कृषि नीतिमा आमूल परिवर्तन गर्दै सरकारी सेवामा झै लामो समय समयसम्म कृषि पेशामा संलग्न कृषकहरुलाई पेन्सन, उपदान सहितको सम्मान हुन सक्यो भने देशका युवा विदेशि नजाने स्थिति वन्ने थियो कि उनको प्रश्न पनि छ ? हुन त सरकारले अहिले कृषि क्षेत्रमा केही गरौला जस्तो गरेको छ । कृषि वीमा कार्यक्रम संचालन गरेर कृषकलाई केही राहत भएको महसुस त भएको छ । तर त्यो पर्याप्त छैन । वीमा कम्पनीका संचालक र कृषकहरुको वीचमा अझै पनि राम्रो समन्वय नहु“दा वीमा प्रति अझै पनि कृषकहरुको आकर्षण छैन । कृषि विमालाई अझै सरलीकरण गर्दे, क्षतिपूर्तिको लागि कृषक वीमा कम्पनीका होइन कि विमा कम्पनी आफै कृषकको घरदैलो सम्म पुग्नु पर्छ । यसो हुन सकेको खण्डमा कृषक र विमा कम्पनीहरु एक अर्काकाको परिपुरक हुन सक्छन् ।
अवको कृषि भनेको कृषि र पर्यटन सँगै जोडिनु पर्छ भन्ने भट्टको विश्वास छ । विश्वका धेरै देशमा कृषि र पर्यटन एक अर्काको परिपुरक हुँदा धेरै विकास भएको र त्यो आफूले हेरेको भट्ट वताउँछन् । हाम्रै देशको पनि पर्यटनसँग जोडिएको इलाम र चियाखेती, नुवाकोट ककनीको रेन्वो ट्राउट माछा र स्ट्रेवेरी खेती, सिन्धुपाल्चोक हेलम्वुको स्याउ खेती, त्यस्तै सिन्धुपाल्चोक कै सानो इलाम र चियावारी, गोर्खाको मनकामना मन्दिर र सुन्तला खेतीलाई उदाहरणको लागि लिन सकिन्छ । यि ठाउ“हरुले देशको आन्तरिक पर्यटन र कृषि क्षेत्रको ठुलो महत्व बोकेको छ । जिल्ला पर्यटन विकास समिति चितवनका सदस्य समेत रहेको भट्ट चितवनको पटिहानी क्षेत्रमा कृषि र पर्यटनलाई स“गै अगाडि वढाउने योजनामा छन् । उनी भन्छन यो पर्यटकीय क्षेत्र भएकोले उनीहरु यहाँ आउँदा आफ्नै आंखा अगाडि उत्पादन भएको चिज आफैले टिपेर खाने व्यवस्था भयो भने उनीहरु कति खुशि होलानन् । अझ त्यो अर्गानिक होस । यसो हुन सकेको खण्डमा हाम्रा शहर वजारमा वस्ने वालवालिकालाई पनि खेती सम्वन्धि ज्ञान पनि हुन्छ । बालबच्चाको मानसिकता पनि स्वच्छ र स्वस्थ हुनुको साथै कृषि भनेको के हो ? पशुपालन भनेको के हो ? कसरी गरिन्छ भन्ने कुरा बुझाउन सजिलो हुन्छ । उदाहरणको लागी हाम्रो छिमेकी देश भारतको सिक्किम राज्यलाई हेरौ त त्यहाँको कृषि पर्यटन र त्यसभित्र रहेको अर्गानिक खेती । नेपालको हावापानी सिक्किमको भन्दा खासै फरक छैन । त्यहा“को चिया विश्वमा कति माग छ । यस्तै नेपालको अर्गानिक कफिलाई पनि लिन सकिन्छ । यहाँको कफि पनि त विश्व वजारमा अत्याधिक माग भएको वस्तुमा पर्छ नि । हामीले बजारको माग धान्न सकेका छैनौ त । तसर्थ हामीले अव के बुझ्न जरुरी छ भने, पर्यटन र त्यसमा अर्गानिक खेती । यि चिजलाई हामीले व्यवसायिक रुपमा जोडन सक्यौं भने, मान्नुहोस, नेपालका किसानको आर्थिक सम्बृद्धि अव त्यति टाढा छैन । (कुराकानीमा आधारित)

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

« »