शुक्रबार, चैत्र १६, २०८०

किवी खोज्दै ग्राहक

फिदिम,२७ पुस । पोहोरसम्म पाँचथरका धेरै किसानले बजार नपाएर बोटैमा किवी कुहाउनु परेको थियो । कतिपयले सुँगुरका लागि चारोसमेत बनाउनु प¥यो । यो साल भने किवीले राम्रो बजार पाउनुका साथै दाम पनि राम्रै पाइरहेको किसान बताउँछन् ।
पाँचथर, इलाम, ताप्लेजुङ क्षेत्रमा नौलो फलको रूपमा रोप्न थालिएको किवीबारे अनभिज्ञ धेरैले मातिने होकी भनेर किनी खान डराउँथे । हिजोआज एक÷दुई जना गर्दै धेरैले किवी किनी खाने चलन बढेसँगै मातिने भ्रम चिरिएको छ । किवीले त स्वास्थ्यलाई हानी होइन फाइदा पो गर्ने रहेछ भन्ने अनुभूत पनि उपभोक्ताले गर्न थालेका छन् । यसले गर्दा किवीको बजार राम्रो बन्दै गएको अनुभव किसान सुनाउँछन् ।
पोहोरसम्म ग्राहकको खोजीमा भौँतरिनुपर्ने अवस्था रहेकोमा हिजोआज बगानमै आउने गरेका पनि किसानको भनाइ छ । कतिपय व्यापारीले फोनबाटै सम्पर्क गरेर किवी किनी लाने गरेका बताइएको छ । यसरी घरघरबाटै किवी बिक्न थाल्दा यसको खेती गर्नमा धेरै किसान उत्साहित हुन थालेका छन् । किवी फलबारे स्थानीयवासी परिचित हँुदै गएसँगै यसको बिक्री पनि स्थानीय स्तरमै बढी हुन थालेको बताइएको छ ।

प्रकाशित मिति: बिहिबार, पुस २७, २०७४