किवीमा भविष्य खोज्दै पसाङ तेन्जी

व्यवसायिक कृषिका लागि सरकारले केही ग¥यो या गरेर त्यो फरक होला । तर रोजगारीका लागि विदेशमा धेरै हण्डर र टक्कर खाएर नेपालमा नै केही गरौं भन्ने सोचले लाखौ रुपैयाँ कृषिमा लगानी गर्ने किसानहरुका लागि सरकारले खासै काम भने गर्न सकेको छैन । दुवई, कुवेत, भारत लगायतका देशहरुमा आलु ग्रेडिङ्गदेखि चियासम्म उत्पादनसम्मको काम गरेर आफ्नै देशमा केही गरौं भन्ने सोचले किवी खेतीमा होमिएका छन् दोलखा जिल्ला जिरी नगरपालिका वडा नं. २ यलुङका पसाङ तेन्जी शेर्पा । tanji
देश भित्रै रोजगारी नभएपनि विदेश जाने भूत सवार भयो शेर्पालाई । त्यसपछि उनी परे दलालको फन्दामा । राम्रो रोजगारी पाइने प्रलोभनमा ताईवान पु¥याईदिने भन्दै दलालले १० लाख खाईदियो । तर पनि उनी हरेश खाएनन् । कुवेततिर लागे करीव साँढे तीन वर्ष कुवेत बसे । दुवई पनि बसे । दुवईमा बस्दा किवीको निकै प्रशंसा सुनेका थिए उनले । नेपालमा पनि किवीको निकै नै चर्चा गरायो कृषि विकास मन्त्रालयले । त्यही चर्चा र आफूले पाएको दुखलाई छाडेर उनी नेपाल फर्केर किवी खेती शुरु गरे ।
किवी खेती गरेर मनग्ये आम्दानी हुने सोचेर आफ्नै पाखो बारीमा उनले ५० लाख लगानी गरेर किवी खेती गरे । विगत ३ वर्षदेखि ८५ रोपनी जग्गामा लगाइएको किवीको स्यहार सुसारमा नै दिन विताईरहेको छन् उनले । १ हजार २ सय बोटमा किवी फल्न शुरु गरिसकेको पनि छ । उनले आफ्नो भविष्य किवीमा नै खोजिरहेका छन् । त्यसैले उनी यलुङमा किवीको स्याहार मात्र गर्दैनन् त्यहाँ कामदारले केही जिम्मेवारी दिएर किवीको बजार खोज्दै कहिले काठमाडौंका फलफूल बजारमा पनि आफै दौडिरहेका छन् ।
तीन वषको समयमा उनले किवीको विरुवा खोज्ने, रोप्ने र फलाउनेसम्म निकै कडा संघर्ष र मेहनत गरे । जव फल खाने बेला शुरु भयो फेरि उनी हैरानीमा फसेका छन् । किवीको जति सुकै फलेपनि बजार नभएपनि कहाँ लगेर बेच्ने उनको गुनासो छ । किवी खेती गर्नका लागि पनि सिँचाइको अभाव छ । राज्यको कुनै निकायले किसानहरुको समस्या बुझ्न चाहँदैन । सहुलियत ऋणको बारेमा समाचारमा प्रशस्तै सुनिन्छ तर सहुलियत ऋण कसैले दिँदैनन् । राष्ट्रिय वाणिज्य वैकको केन्द्रीय कार्यालयदेखि जिल्ला शाखासम्म भौतारिए पसाङ तर कतैबाट सहुलियत ऋण पाएनन् ।सर्वाखास कृषि फार्म प्रालिलाई वैधानिकता दिंदै जसरी भएपनि किवी उत्पादन गरेरै छाड्छु भन्ने दृढ संकल्प बोकेर उनी tanji 2हिडिरहेका छन् ।
सरकारले किवी खेतीको जसरी प्रचार गरिरहेको छ । त्यसैगरी किवीको बजारीकरणका लागि पनि काम गर्दिने हो भने सयौं व्यवसायिक किवी उत्पादन गर्ने किसानहरु आउँगे शेर्पा भन्छन् । किवी उत्पादन ग¥यो बजार छैन । बजार अभावसँगै किवीलाई सुरक्षित भण्डारण गर्नका लागि पनि कोल्ड स्टोर छैन अव हामी किसानहरुले लाखौं रुपैयाँ खर्च गरेर उत्पादन गरेको किवीलाई के गर्ने ? उनी प्रतिप्रश्न गर्दछन् ।
किवीसँगै उनले सतुवाको खेती पनि गरिरहेका छन् । किवी र सतुवासँगै लगाउन मिल्ने उनले जानकारी पाएपछि एकै पटक सतुवा खेती पनि शुरु गरेको उनी बताउँछन् । कृषि विकास मन्त्रालयसँग उनको गुनासो छ । किवी उत्पादन गर्नका लागि जसरी उत्साहित गरियो त्यसैगरी यसको मूल्य निर्धारण गर्ने काम सरकारले चासो लिईदिनु पर्दछ । मूल्य नआएको अवस्थामा किवी सुरक्षित गर्नका लागि कोल्ड स्टोरेज निर्माण गर्ने जिम्मेवारी सरकारले लिनु पर्दछ । त्यत्तिमात्र होइन नेपालका उत्पादन भएको किवी अर्गानिक हो । यसलाई विदेशमा प्रशस्त विक्री गर्न सकिन्छ तर हामी आपैmले त्यसको बजारीकरण गर्न गाह्रो हुन्छ । विदेशमा निर्यात गर्नका लागि प्रशस्त सम्भावना छ तर अर्गानिक प्रमाणित गर्ने काम पनि सरकार जिम्मेवारी लिनु आवश्यक भएको उनको भनाई छ ।
वैदेशिक रोजगारीबाट फर्केर नेपालमा नै रोजगारी श्रृजना गरी किवी खेती गरेका उनलाई श्रम तथा रोजगार मन्त्रालबाट नगद ५० हजार सहित गत वर्ष पुरस्कृत पनि गरेको छ । त्यसैले पनि किवी खेतीमा उत्साहित हुँदै अगाडि बढिरहेका छन् । पसाङ तेन्जी शेर्पा भन्छन् म किवी खेतीमा नै भविष्य खोजिरहेको छु यसमा नै भविष्य छ र बनाउने छु ।