मङ्लबार, बैशाख ११, २०८१

किन लथालिङ्ग छ नार्क , प्रशासन चलाउँदै पशु चिकित्सक

किन लथालिङ्ग छ नार्क , प्रशासन चलाउँदै पशु चिकित्सक.
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् पछिल्लो समयमा लथालिङ्ग भएको छ । सरकारले परिषद्को कार्यकारी निर्देशक नियुक्ति गर्न नसक्दा विगत दुई वर्षदेखि निमित्त कार्यकारी निर्देशकबाट कार्यालय सञ्चालन गरिरहेको छ । जसका कारण परिषद्ले सोचे अनुरुप काम गर्न सकेको छैन । कृषि अनुसन्धान परिषद्मा नेतृत्व लिएका व्यक्तिहरु पनि जथाभावी रुपमा राखिएको छ । परिषद्का महाशाखाहरु पनि लथालिङ्ग ढंगले चलिरहेका छन् । यसको प्रमुख कारण भने उचित व्यक्तिलाई सहि जिम्मेवारी नदिनु नै हो ।
नार्कको प्रशासन यतिखेर पशु चिकित्सक सीताराम अर्यालले हाँकिरहेका छन् । तर त्यही प्रशासन सेवाका व्यक्तिले सञ्चालन गर्न पाईरहेका छैनन् । प्रशासन चलाउनु पर्ने प्रशासन सेवा कै कर्मचारीले हो तर त्यसो हुन सकेन । पशु चिकित्सक प्राविधिक सेवाका अर्यालले परिषद्को प्रशासन चलाउँदा कसरी प्रशासन संयन्त्र सहज हुन्थ्यो होला ?
यद्यपी परिषद्को प्रशासन चलाउनका लागि जागिर खाईरहेका कर्मचारी भने दिनभर कम्प्यूटरमा समाचार हेरेर जागिर विताउनु पर्ने वाध्यता रहेको छ । कृषि अनुसन्धान परिषद्को नेतृत्वले विज्ञता अनुसार जिम्मेवारी दिएको भए सायद अहिलेको कृषि अनुसन्धान परिषद् जस्तो लथालिङ्ग अवस्था हुँदैनथ्यो कि ?
हुन त अहिले प्रशासन चलाईरहेका पशु चिकित्सक सीताराम अर्याललाई पशु तथा मत्स्य महाशाखाको निर्देशक बनाउँदा कति उचित र प्रभावकारी हुन्थ्यो । तर नेतृत्वले त्यसलाई हेर्न नसक्दा पशु तथा मत्स्य सेवा तर्फ अनुसन्धान नै प्रभावित भईरहेको छ भने सो महाशाखाले निर्देशक पाउन नसक्दा निमित्तका भरमा चलिरहेको छ ।
यद्यपी प्रशासन चलाउन सक्ने प्रशासन सेवा कै सक्षम निर्देशकहरुलाई किन सो जिम्मेवारी दिइएन यस बारे प्रश्न गर्न खोज्दा प्रशासनका निर्देशक सीताराम अर्याल सम्पर्कमा आउन चाहेनन् । भने निमित्त कार्यकारी निर्देशकका रुपमा रहेका डा टेकबहादुर गुरुङ्ग यस विषयमा कुरा गर्न चाहँदैनन् । सवैभन्दा महत्वपूर्ण कुरा के हो भने कृषि तथा पशुपन्छी विकास मन्त्री अध्यक्ष रहेन नेपाल कृषि अनुसन्धान परिषद्को एक वर्षदेखि वैठक बस्न समेत सकेको छैन ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ १०, २०७६