किन घट्दै छ पहाडमा कृषि उत्पादन 

Jan 30 • विचार, समाचार

देशको कूल ग्राहस्र्थ उत्पादनमा ३३ प्रतिशत योगदान कृषि क्षेत्रको रहेको छ । नेपालमा कृषि क्षेत्रमा करीव ६५ प्रतिशत जनता आश्रित देखिन्छन् । त्यसैका कारण मुलुकलाई कृषि प्रधान देश भनिएतापनि अहिले कृषि प्रधान देश नभएर कृषक प्रधान देशका रुपमा चिनिन थालेको छ । dhirendraकृषि उत्पादन बृद्धि गर्ने र उत्पादकत्व बृद्धि गर्नका लागि सरकारले ल्याएका कृषि नीतिहरु कार्यान्वयन नहुंदा नेपालको कृषि उत्पादन क्रमश ः घट्दो क्रममा छ । विशेष गरी पहाडी क्षेत्रको कृषि उत्पादन त धेरै प्रभावमा परेको देखिन्छ । पहाडी क्षेत्रको प्रमुख बस्तु र बालीका रुपमा रहेको फलफूल खेती र पशुपालन नै अहिले मारमा परिरहेको छ । खाद्य बालीमा मकैले आफ्नो अस्तित्व मात्र जोगाईरहेको छ । भने गहुं, जौ, फापर र कोदोले हातमुख जोर्नका लागि केही मात्रामा भएपनि सहयोग पु¥याएको छ ।
भौगोलिक विकटता, हावापानी समेतका कारण पनि धान उत्पादन हुन नसक्नुले पहाडमा अर्को पीडा थपेको छ । जसका कारण खाद्य सुरक्षालाई समेत चुनौती दिईरहेको छ । तर पनि फलफूल उत्पादन , पशुपन्छीका क्षेत्रमा पहाडी क्षेत्रका किसानहरु सक्रिय नै रहेका छन् । भेंडा, बाख्रा, गाई भैसी, चौरी, घोडा पालनमा नै किसानहरु रमाईरहेका देखिन्छन् । त्यस्तै फलफूल बालीमा विशेष गरी स्याउ, सुन्तला, नास्मातीहरु पनि प्रशस्तै उत्पादन हुने गरेको छ ।
जलवायु परिवर्तनका कारणले हुने गरेको तापक्रममा बृद्धि, रोग कीराको संक्रमण, नयां रोगको आगमनले पहाडी क्षेत्रका किसानहरुलाई झने पिरलेको छ । उत्पादन योग्य जमिनहरुको पनि उर्वराशक्ति कम हुंदै गएकाले विस्तारै विस्तारै उत्पादनमा समेत कमी हुंदै आईरहेको छ । हुन त पहाडी क्षेत्रका किसानहरुलाई आफूले गरेको उत्पादनले तीन देखि चार महिनासम्म पनि राम्रोसंग खान पुग्ने अवस्था छैन । पशुपालनतर्फ पनि चरनको अभाव, रोग तथा महामारीहरुका कारण पनि पशुपालन व्यवसाय पनि क्रमश घट्दै गईरहेको छ । नेपालको कूल क्षेत्रफलको १२ प्रतिशत जमीन चरन योग्य भएकोभएपनि बन विनास आगलागीका कारण हरियाली क्षेत्र र घांसे क्षेत्र उजाड बन्दै गईरहेको छ । त्यसतर्फ सरकारी निकायले सोचेको देखिंदैन । त्यत्तिमात्र होइन पूर्वी पहाडदेखि सुदूरपश्चिमसम्मका पहाडलाई हेर्ने हो भने पनि पशुहरुमा लाग्ने रोगका कारण उपचार नपाएर हजारौ पशुपहरु अकालमा नै मरिरहेका छन् । रोगको उपचार गर्न नपाएर र रोगको रोकथान नभएरपनि पशुहरु मरिरहेका छन् । जुन तथ्यांकहरुले पनि पुष्टि गर्दै आईरहेको छ ।
पहाडमा न त खाद्य बालीको सम्भावना छ न त पशुपालन व्यवसाय नै फस्टाउन सकेको छ । यी दुवै कुरा नभएका कारण पहाडी युवाहरु कृषिले मात्र हातमुख जोर्न धौधौ भएपछि वाध्य भएर विदेशिएका छन् । पश्चिम तथा सुदूरपश्चिमका पहाडी जनताहरु छिमेकी भारत नै गएर भएपनि आफ्नो गुजारा चलाउंदै परिवार धान्दै आईरहेका छन् ।
हुन त कृषिका क्षेत्रमा नेपाल सरकारले धेरै लगानी गरेको भएतापनि पहाडी किसानसम्म पुगेको देखिंदैन । राज्यले दिने सेवा सुविधाका बारेमा किसानहरु जानकार समेत छैनन् । पहाडी क्षेत्रमा सूचनाको पहुंच समेत कम भईरहेको छ भने कृषि सूचना त झन् कहां हो कहां ? त्यसले गर्दा पनि पहाडी किसानहरुमा निराशा बाहेक केही पनि देखिंदैन । राज्यले पहाडी क्षेत्रका लागि विकासका नारा ल्याएको भएपनि त्यो कागजमा सिमित हुन पुगेको देखिन्छ । अर्को कुरा विकासका नाममा डलर खेती गर्नेहरुको बञ्जाबाट पहाडी क्षेत्र उम्कन सकेको छैन । त्यत्तिमात्र होइन पहाडी क्षेत्रमा कृषि क्षेत्रको विकास नहुनुको अर्को पीडा भनेको भौगोलिक विकटताका कारण यातायातको सुविधा सहज नहुनु पनि हो । यातायातको असुविधाले गर्दौ पहाडी क्षेत्रका कृषि उपजहरु बजारीकरण गर्नका लागि निकै नै हम्मे हम्मे पर्ने गरेको छ । जति दुख गरेपछि खान नपुग्ने अवस्था भएकै कारण पहाडबाट तराई वा शहर झर्ने क्रम दिनानुदिन बढ्ै गईरहेको छ ।
राज्यले दिने सुविधानहरुको पहुंच पहाड र तराईमा समानान्तर किसिमले बांडफांड हुन नसक्न त्यसको बढी मारमा पहाडी किसानहरु नै पर्ने गरेका छन् । राज्यकोषबाट वितरण गरिने केही अनुदान मुखी कार्यक्रम पनि टाठाबाठाको घेराभन्दा बाहिर निस्कन नसक्ने । राज्यले दिएका सेवाका बारेमा जानकार नहुने कारण पनि वास्तविकतामा नेपाली किसानहरु मारमा परिरहेका छन् ।
पहाडमा भएको श्रोत र साधनलाई राज्यले सहि सदुपयोग गर्न नसकेकै कारण जमीनहरु बांझो हुंदै गईरहेका छन् । युवा पुस्ता विदेश पलायन भईरहेका छन् । महत्वपूर्ण जडीबुटीहरु खेर गईरहेका छन् । मुलुकको आर्थिक समृद्धिका लागि महत्वपूर्ण बस्तुहरु पहाडमा नै केन्द्रित छ तर खै राज्यले ती बस्तुहरुलाई सहज बनाउन सकेको छ ? गम्भीर प्रश्न उठ्दै आईरहेको छ । अझ पछिल्लो समयमा त राजनीतिक खिचातानीका कारण कृषि क्षेत्रको विकास हुन सकेको छैन । राज्यको प्राथमिकतामा नै कृषि क्षेत्र पर्ने गरेको छैन । दलका नेतृत्वहरुलाई तुरुन्दै फाइदा हुने किसिमका कार्यक्रमहरु बाहेक अरु कार्यक्रमहरुलाई वास्ता गर्दैन् । फलस्वरुप नेपालको कृषि क्षेत्र धरासायी बन्दैगईरहेको छ । – धिरेन्द्र बस्नेत

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

« »