बिहिबार, चैत्र १५, २०८०

कसरी हुन्छ दुग्ध व्यवसायको समस्या समाधान

काठमाडौ, भाद्र । लामो समयदेखि चर्चा र वहशको विषय बनेको दुग्ध पदार्थको मूल्य र गुणस्तरको समस्या समाधान गर्न भन्दै कृषि तथा पशुपक्षी मन्त्रालय चक्रपाणी खनालको निर्देशनमा मन्त्रालयले दूध तथा दूधजन्य पदार्थमा देखिएको गुणस्तर तथा मूल्यको समस्याको बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा बिहीबार नौ सदस्यीय कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार समस्या समाधान गर्नका लागि बनेको कार्यदलमा मन्त्रालयबाट अमर राय, पशु सेवा विभागबाट रुद्रप्रसाद पौडेल, अमरबहादुर कुँवर, दुग्ध विकास संस्थानबाट बाबुराम अधिकारी, काठमाडौँ दुग्ध वितरण आयोजना बालाजुका प्रमुख राजेन्द्र अधिकारी तथा नेपाल डेरी एसोसिएसन, डेरी उद्योग सङ्घका पनि प्रतिनिधि रहने जनाइएको छ ।
कार्यदलले स्थलगत रूपमा काभ्रे, चितवन, नवलपरासी र मकवानपुरलगायत पूर्वी मधेसका केही जिल्लामा दूधको बारेमा अध्ययन गर्ने बताइएको छ । कृषि मन्त्री चन्द्रपाणि खनालले केही महिनाअघि उपत्यकामा दूध उद्योगमा अनुगमन गरी ल्याव जाँच गर्दा कोलिफर्मलगायत स्वास्थ्यलाई असर गर्ने खालको अखाद्यवस्तु भेटिएको थियो । त्यसमध्ये केही उद्योगलाई कारबाहीको प्रक्रिया आगाडि बढाएको छ भन्ने हल्ला पिटाइएको भएपनि हालसम्म कार्वाही भने भएको छैन।
त्यस्तै, दूधको मूल्य तथा बिक्रीमा समस्या देखिएपछि दूध बिदा ९मिल्क होलिडे० को अवस्था सिर्जना भएपछि झापालगायत चितवन जिल्लाहरूका किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन् भन् यो कार्यदल बनिसकेपछि पनि दूध सडकमा पोख्ने काम रोकिएको छैन । मन्त्रालयले बनाएको कार्यदलले दूधमा देखिएको समस्याको अध्ययन गरी त्यसलाई समाधान कसरी गर्नसकिन्छ भने सिफारिससहितको प्रतिवेदन मन्त्रालयलाई बुझाउनेछ । कार्यदलले एक महिनाभित्रमा आफ्नो प्रतिवेदन बुझाउने पर्ने बताइएको छ । तर यो कार्यदलले समस्या समाधान गर्नेमा शंका उब्जन थालेको छ । दुग्ध व्यवसायमा समस्या जे छ त्यो भन्दा फरक ढंगले चर्चा भईरहेको देखिन्छ । दुग्ध उत्पादन गर्ने किसानहरुको समस्या समाधान गर्न यो कार्यदलबाट सम्भव देखिंदैन । अहिले बनेको कार्यदलले ढाँचा तयार गरेपनि वर्तमान अवस्थामा जे देखिएको वा देखाइएको छ त्यो भन्दा वास्तविकता निकै फरक रहेको डेरीमा संलग्न किसान र विज्ञहरुले नै बताउँदै आईरहेको छन् ।
कार्यदल गठन गरेर एक महिना भित्र कुन कुन किसानसँग भेट गर्लान् र समस्या पत्ता लगाउलान् त्यो नै शंकाको विषय छ । त्यसमा पनि विगतदेखि नै समस्या समाधान गर्ने प्रयास नगरिएको दुग्ध क्षेत्रको समस्या समाधान गर्ने भन्ने हौवा पिटाउने वाहेक अरु केही पनि नहुन सक्छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०७५