बिहिबार, बैशाख १३, २०८१

ओझेलमा परेको लाईभस्टक प्रयोगशाला

गुणस्तरीय पशुजन्य पदार्थ र पशु उत्पादन सामग्रीको उत्पादन, विक्री वितरण तथा उपभोगको लागि सकारात्मक बातावरण सृजना गर्न गुण परिक्षणको साथै गुणस्तर तर्जुमा, गुण प्रवद्र्धन, गुण आश्वासन र गुण ब्यवस्थापन सम्वन्धी क्रियाकलाप संचालन गर्ने उदेश्यका साथ पशु सेवा विभागको विद्यमान संगठनात्मक संरचना भित्र रहने गरी लाईभस्टक गुण व्यवस्थापन प्रयोगशालाको स्थापना वि.सं. २०६१ श्रावण १ गते केन्द्रिय स्तरमा भएको हो । janak-dhami
देशको कुल ग्राहस्थ उत्पादनमा ११ प्रातिशत पशु पालन व्यवसायको योगदान रहेको छ भने कृषिको कुल ग्राहस्थ उत्पादनमा पशु पालन क्षेत्रको कुल २६ प्रतिशत योगदान रहेको पाइन्छ । कुल ६४ प्रतिशत कृषकहरु पशुपालन पेशामा संलग्न रहेको देखिन्छ । त्यसैगरी यो क्षेत्रमा महिलाहरुको सहभागिता ८० प्रतिशत रहेको पाइन्छ  ।
देशको आय आर्जन र गरिबी निवारणको मुख्य पेशाको रुपमा रहेको पशु पालन क्षेत्रमा बिगत केही बर्ष देखि नेपाल सरकारको नीति अनुरुप र पशुपन्छी बिकास मन्त्रालयको मिति २०७३ पौष ९ मा गठन पश्चात युवालक्षित पशु पालनका बिभिन्न कार्यक्रम मार्फत युवाहरुलाई आर्कषण गर्ने कार्यक्रम सन्चालन गर्दै आइरहेको छ । जसले गर्दा यस पेशामा युवाहरुको आर्कषण पनि बढदै गई रहेको र कुखुरा, गाइ, भैंसी ,बाख्रा तथा बंगुरपालन व्यवसायमा पनि आधुनिक एवम् व्यावसायिक फार्महरु खुल्ने क्रम दिनानुदिन बढदै छ ।
देश कुखुरा पालनमा आत्मनिर्भर हुदै गई रहेको र अरु पनि व्यवसायिक र आधुनिक फार्महरुको बिकास हुने क्रम बढी रहेको छ । पशुपन्छी बिकास मन्त्रालयको स्थापना पश्चात ४० बुंदे घोषणा पत्रमा उल्लेख गरिए अनुसार देशलाई पहिलो बर्ष अण्डामा दोश्रो बर्ष मासु र तेश्रो बर्ष दुधमा आत्मनिर्भर बनाउने योजनालाई सफल पार्न पनि पशुपन्छीका लागि आवश्यक पर्ने गुणस्तरीय तथा सन्तुलित दानाको साथै पशुजन्य पदार्थ र पशु उत्पादन सामाग्रीको उत्पादन, विक्री वितरण तथा उपभोगको लागि सकारात्मक बातावरण सृजना गर्न गुण परिक्षणको साथै गुणस्तर तर्जुमा, गुण प्रवद्र्धन, गुण आश्वासन र गुण ब्यवस्थापन सम्वन्धी क्रियाकलाप सन्चालन गर्ने उदेश्यका साथ यस प्रयोगशालाको स्थापना भएको देखिन्छ ।
यस्तो महत्वपूर्ण जिम्मेवारी पाएको यस प्रयोगशालालाई बिश्वासिलो भरपर्दो, अन्तराष्टिूय मापदण्ड क्ष्क्ण्अनुसारको प्रयोगशालाको रुपमा बिकास गर्नु पर्नेमा प्रयोगशाला नाम मात्रैको स्थापना भएको देखिन्छ । प्रयोगशालामा प्रर्याप्त भौतिक पूर्वाधार, आवश्यक साधन श्रोत लगायत आधुनिक मेसिन उपकरण र दक्ष जनशक्ति अभाव रहेको छ भने भएका जनशक्तिलाई पनि दक्षता अभिवृद्धिका गर्न ध्यान दिएको देखिदैन । यसका कतिपय बिग्रेका मेसिन उपकरणहरु मर्मत नहुने अवस्थामा रहेका छन । प्रयोगशालाको बिगत देखिको बार्षिक कार्यक्र्रम बजेट को अबस्था हेर्दा बार्षिक कार्यक्रम बजेट २० लाख भित्र मात्र सिमित रहनुले यो प्रयोगशाला सरकारी निकायबाटै ओझेलमा परेको देखिन्छ । जसको परिणामस्वरुप नियमनकारी निकाय हुंदाहुंदै पनि दाना उद्योग, व्यवसायको अनुगमन दानाका नमुना संकलन र परिक्षण गर्न नसकिएको अबस्था एकातिर रहेको छ भने दाना सम्बन्धि ऐन कानुन कार्यान्वयन गराउने र नियमन निकाय पनि यो प्रयोगशाला नभई खाद्य गुण व्यवस्था बिभाग भएकोले पनि यसको कार्यक्षेत्र अन्यौलमा रहेको छ ।
फलस्वरुप बेलाबेलामा किसानहरुबाट दानाका गुणस्तरका कारण पशुपन्छी पालनले क्षति व्यहोर्नु परेको बारेमा गुनासाहरु आउने गरेको र प्रयोगशालाबाट प्रवाह गर्नु पर्ने सेवा प्रभावकारी हुन नसक्दा आम पशुपालन कृषक व्यवसायीहरु मर्कामा परी रहेका छन ।
यस प्रयोगशालाको उदेश्य परिपूर्ति गर्न निम्नानुसारका कार्यनीतिहरु तय गरिएका पाइन्छन । तर ऐन कानुनको अभावका कारण कार्यान्वयनमा समस्या देखिएको छ । यस संग सम्बन्धित तथा पशुपन्छी पालनसंग सम्बन्धित ऐन कानुनहरु जस्तै दाना ऐन २०३३ र नियमावली २०४१ले खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागलाई अधिकारयुक्त बनाएको छ भने पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ले पशु सेवा बिभाग तथा अन्य पशु स्वास्थ्यका निकायहरुलाई अधिकार सम्पन्न गरेको छ भने यस प्रयोगशालालाई भूमिका दिएको देखिदैन । यसको उदेश्य अनुसार कार्य गर्ने गराउने हो र पशुपन्छी पालन व्यवसायलाई गुणस्तरिय दाना पदार्थ उपलब्ध गराउने व्यवस्थाका लागि यस प्रयोगशालालाई महत्व दिई अधिकार र साधनश्रोत सम्पन्न बनाउनै पर्छ ।
प्रयोगशालाका कार्यनीति
० पशु सेवा विभागले गुणस्तर सम्वन्धी प्रदान गर्ने प्राविधिक परामर्शमा एकरुपता ल्याउन, गुणस्तरिय पशुजन्य पदार्थ र पशु उत्पादन सामग्रीहरुको उत्पादन, विक्रि वितरण र उपयोगलाई प्रोत्साहन दिन र पशुजन्य पदार्थ तथा उत्पादन सामग्री र प्रक्रिया सम्वन्धी तर्जुमा गरिएका गुणस्तर पशुपालन तथा पशुपंक्षीजन्य उद्योगहरुमा कार्यान्वयन गर्न गराउन प्राविधिक परामर्श प्रदान गर्ने ।
० पशुपंक्षीसंग सम्बन्धित उद्योगहरुद्वारा उत्पादन गरिएको वा आयात गरिएको पशुजन्य पदार्थ, सामाग्रीहरुको गुण मापन गर्न प्रयोगशाला सुविधा उपलब्ध गराउने ।
० गुणस्तरिय पशुजन्य पदार्थ र पशु उत्पादन सामाग्रीहरुको उत्पादन विक्रि वितरण गर्न गराउन सम्बन्धित सरकारी निकायहरुको संलग्नतामा आवश्यक ऐन तर्जुमा गर्न सहयोग गर्ने ।
० पशुजन्य पदार्थ तथा उत्पादन सामाग्रीको गुणस्तर सम्वन्धी तालिम संचालन गर्ने ।
० पशुपंक्षीसँग सम्बन्धित उद्योगहरुको गुणस्तर तथा उत्पादन र उत्पादकत्व सम्वन्धी समस्याहरुको पहिचान, विश्लेषण र निराकरण गर्न स्थलगत अध्ययन तथा निरिक्षण गर्ने ।
० पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ अन्तर्गत उद्योग स्थापना तथा निकासी पैठारी ब्यवस्था सम्वन्धी कार्यमा गुणस्तर सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्ने ।– जनक बहादुर धामी ,पशु बिकास अधिकृत

प्रकाशित मिति: आइतवार, पुस १७, २०७३