बुधबार, बैशाख १२, २०८१

उन्नत जातका बालीबाटै रोग कीरा आईरहेका छन्

achut dhakal
अच्युत ढकाल,
कार्यक्रम निर्देशक
बाली संरक्षण निर्देशनालय

० नेपालमा पछिल्लो अहिले विषादीको प्रयोगको अवस्था कस्तो छ ?
अन्य देशको तुलनामा नेपालमा विषादी प्रयोग धेरै नै न्यून छ । हामीले ३ सय ९६ ग्राम विषादी प्रतिवर्ष प्रति हेक्टर प्रयोग गर्दै आईरहेको छौं । यो एशियाका देशहरुमा सवै भन्दा कम हो ।
तर, नेपालमा विषादी प्रयोग गर्दा व्यक्तिगत सुरक्षाका उपायहरु नअपनाउँदा विषादी प्रयोग पछि पर्खने समयलाई ख्याल नराख्दा विषादीबाट हुने हानी नोक्सानीको अवस्था बढ्दै गईरहेको भने देखिन्छ । त्यसलाई न्यूनिकरण गर्ने कार्यक्रमहरु हामीले ल्याईरहेका छौं ।
बाली संरक्षण निर्देशनालयले विषादी सुरक्षित प्रयोगको लागि सुशिक्षित गर्ने काम गरिरहेको छ भने विषादी आयातकर्ता, विषादी विक्रेता, प्रयोगकर्तालाई पनि सचेतना मूलक कार्यक्रम गरिरहेको छौं । अझ हामीले कडा खालका विषादी नेपालमा प्रतिवन्धित गरी सकेका छौं ।
० यहाँहरुले कडा विषादीमा प्रतिवन्ध लगाएपनि किसानहरुले प्रयाग गर्ने क्रम चाही घटेन भन्छन् नि त?
विषादी प्रयोग नै नगर्नु भन्ने हामीले पनि भनेका छैनौं । किन भने हामीले कृषिमा व्यवसायिकताको कुरा गरिरहेका छौं । त्यसकारण पनि विषादीको प्रयोग हुन्छ नै नहुने भन्ने कुरै छैन । किनकी हामीले उत्पादन बृद्धि गर्न लागिरहेका छौं । त्यसका लागि हामीले आयात गरिएका उन्नत जातका बालीहरु लगाउन थालिसकेका छौ । उन्नत जातका बालीहरुले रोग कीरा भित्र्याईरहेको हुन्छ । त्यसलाई नष्ट पार्नका लागि पनि हामीले विषादी प्रयोग गर्नु पर्दछ । हामीले प्रयोग गर्ने ८० प्रतिशत रासायनिक विषादी पनि भारत, चीनबाट नै आउने अवस्था छ । नेपालको २० प्रतिशत प्रयोग भईरहेको छ । यसको मतलव विषादी प्रयोग ह्वात्तै बढेको छ भन्ने पनि होइन । तर यहाँले भन्नु भएको जस्तै रासायनिक विषादीलाई विस्थापित गर्न जैविक विषादीलाई जोड दिने पक्षमा हामी लागेका छौं ।
० त्यसो भए अव रासायनिक विषादीको सट्टा प्रांगारिक विषादी प्रयोगका लागि किसानलाई अग्रसर गराउँदै हुनुहुन्छ ?
ठिक हो । हामीकहाँ समस्या देखिएको भनेको नै रासायनिक विषादीका कारणले हो । बाली संरक्षण निर्देशनालयले विभिन्न ठाउँमा जैविक विषादी उत्पादन गर्ने, खासगरी घरेलु स्तरका कारखाना स्थापना पनि गरेको छ । जहाँबाट जैविक विषादीको प्रयोगका लागि सहज भएको छ । यो वर्ष पनि हामीले २ वटा जिल्लामा जैविक विषादी उत्पादन गर्ने कारखाना स्थापना गर्न लागेका छौं । जसले गर्दा जैविक विषादी नेपालमा नै उत्पादन हुन्छ । हामी सवैको जोड रासायनिक विषादी प्रयोग न्यूनिकरणमा नै हो । र प्रांगारिक विषादीको प्रयोग बढाउनका लागि पनि हामीले जोड दिईरहेका छौं ।
० प्रांगारिक विषादीको प्रयोग बढ्ला त ?
रासायनिक विषादीका कारण धेरै नै समस्या आएको छ । विषादी प्रयोग गर्ने किसानहरुलाई पनि स्वास्थ्यका दृष्टिकोणले अति नै प्रभावित पारेको छ । रासायनिक विषादीले मानव स्वास्थ्यमा हानी गर्ने र सवैभन्दा पहिले त्यसको हानी किसानलाई नै हुने हुँदा स्वास्थ्यमा हानी नपु¥याउने प्रांगारिक विषादी प्रयोगका लागि किसानहरुले सहज रुपमा नै लिनु होला र प्रांगारिक विषादीको प्रयोग बढ्छ भन्ने कुरामा ढुक्क हुन सकिन्छ ।
० बाली संरक्षण निर्देशनालयको विषादी प्रयोगशाला कहाँ पुग्यो ?
एकदम राम्रो प्रश्न गर्नु भयो वास्तबमा हामीले खास गरी दूत विषादी विश्लेषण एकाईको रुपमा कालीमाटीवाट शुरुवात गरेका थियौ । अब हामी यसलाई देशका सात वटा प्रदेशमा स्थापना भएका छन् । पछिल्ला समयमा विषादी प्रयोगको मात्रामा पनि घट्दै छ । बजारमा लगेको तरकारीहरुमा विषादी देखियो भने त्यसलाई नष्ट गरिने भएकाले किसानहरुले नै यसलाई सुरक्षित प्रयोग गर्न थालेका छन् । विषादीका विषयमा किसानहरुलाई सर्तक मात्र बनाउने हो । तर पनि कहिले काहि अनेक रोग किराको भएको बेलामा त्यस्ता अवशेष केही मात्रामा देखिने अवस्था पनि रहेको छ । त्यसैले अझ पनि हामिलाई विषादी विरुद्धको सूचना किसानसम्म पु¥याउनु जरुरी छ । स्थापना गरिएका प्रयोगशाला असाध्यै राम्रोसँग सञ्चालनमा आएका छन् र झापादेखि कैलालीसम्म पनि यस्ता प्रयोगशाला स्थापना भएका छन ।
० नेपालमा विषादी प्रयोगलाई ठ्याकै न्यूनिकरण गर्ने अवस्था रहला कि नरहला ?
यो एकदमै रहन्छ । किन भने हामी धेरै जैविक विविधताले भरि पूणर््ा भएको देश छ । हाम्रो चाहिने यति धेरै वोट विरुवा छन जसका किटजन्य र रोग जन्य रोगलाई नष्ट गर्ने किसिमका गुणहरु भएका छन । त्यसकारण हाम्रो माटोमा जैविक विषादी साना जीवहरु पनि अव्यवस्थित रहेको र हामीलाई आफ्नो माटो सुहाउँदो विषादी आवश्यक छ तर जैविक विषादीतिर हामीलाई रोग लाग्नबाट बचाउँछ । त्यतिमात्र नभएका किसानहरुलाई लाग्ने विभिन्न रोगको संक्रमण हुनेबाट समेत जोगाउने भएकाले पनि रासायनिक विषादी प्रयोग धेरै नै जनताले हटेका छन् ।
० अन्त्यमा आम व्यवसायिक किसानहरुलाई विषादी न्यूनिकरण गर्नका लागि के भन्नु हुन्छ ?
हिजोको परम्परागत खेतीबाट व्यवसायिक कृषिमा लागिरहनु भएका किसानहरुले रोग कीरा नष्ट गर्ने नाममा अत्यधिक कडा खालका विषादी प्रयोग नगर्न आग्रह गर्दछु । सकेसम्म प्रांगारिक विषादी प्रयोगलाई बढाउँदै लगेका सर्वप्रथम किसानहरुको स्वास्थ्यमा असर पर्दैन भने उपभोक्ताहरुले पनि विषादी हालिएको तरकारी खानु पर्दैैन । तर नयाँ रोग कीरा देखिएका कृषि प्राविधिकहरुको सल्लाहमा मात्र सुरक्षित रुपमा विषादी प्रयोग गर्न र कुर्नुपर्ने समय कुरेर मात्र तरकारी बाली प्रयोग गर्न आग्रह गर्दछु । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: मङ्लबार, कार्तिक २१, २०७४