शुक्रबार, बैशाख ७, २०८१

अन्नबाली छाडेर कफी खेतीतर्फ

पर्वत, ७ माघ । यहाँको एक विकट गाउँका बासिन्दा व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् । फलेवास नगरपालिका– ९ भङगाराका कृषकले विगत चार वर्षदेखि व्यावसायिक रूप दिन थालेका हुन् ।
खेतबारीमा अन्नबाली लगाउने जनशक्तिको अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले हैरान परेपछि यहाँका अधिकांश कृषक व्यावसायिक कफीखेती शुरुवात गरेका हुन् । गाउँका ११६ कृषकले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन् ।
कफी खेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ कृषकको मोह बढेर गएको स्थानीय कृषक चन्द्रबहादुर थापाले बताए ।
“मकै, गहुँ, धानजस्ता बालीनाली लगाएदेखि बाँदरले हैरानै पार्छ, गाउँमा जनशक्ति पनि पाइदैन बरु कफी लगाए वर्षको एक पटक टिप्न सहज हुन्छ ।” उनले भने, “आफूले मात्रै झण्डै १५ रोपनी जमिनमा कफी रोपेको र यस वर्षदेखि केही बोटमा फल समेत लागेको छ । ”

प्रकाशित मिति: आइतवार, माघ ७, २०७४