शुक्रबार, बैशाख ७, २०८१

अनुदानितभन्दा सस्तो मूल्यमा गैरअनुदानित मल

काठमाडौँ, १८ पुस ।  साल्ट टे«डिङ कर्पाेरेशनले सरकारबाट अनुदानित रासायनिक मलभन्दा सस्तो मूल्यमा गैरअनुदानित मल कृषकका खेतबारीमा पु¥याएको छ । कर्पाेरेशनले एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट नामक बहुतत्वयुक्त रासायनिक मल आफ्ना २८ बिक्री केन्द्रमार्फत बिक्री वितरणमा ल्याएको छ । ती मलले तेलहन, तरकारी तथा अन्य बालीका बिरुवाका लागि अति आवश्यक तथा सुक्ष्म तत्वको आपूर्ति बढाउन सहजता प्रदान गर्दछ । सरकारले कृषि सामग्री कम्पनीलाई ७० प्रतिशत र सो कर्पाेरेशनलाई बाँकी ३० प्रतिशत अनुदान दिई युरिया, डाइएमोनियम फस्फेट र म्यारेट अफ पोटास मल आयात गरी बिक्री वितरण गर्न अनुमति दिएको छ । कर्पाेरेशनद्वारा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा कर्पाेरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले आम कृषकको माग तथा बालीको उत्पादकत्व वृद्धि गर्न गैर अनुदानमा कर्पाेरेशनले मल आयात गरेको जानकारी दिए ।
नेपालमा वर्षेनी पाँचलाख मेट्रिक टन विभिन्न किसिमका रासायनिक मल आवश्यकता पर्दछ । तीमध्ये सरकारले पछिल्लो वर्ष तीनलाख मेट्रिक टनमा अनुदान दिने गर्दछ । कर्पाेरेशनले विसं २०६९ देखि अनुदानका मल बिक्री वितरण गर्दै आएको थियो । उनले माटोको अम्लियपनलाई सिङ्गल सुपर फस्फेटमा भएको क्याल्सियम तत्वले ठीक पार्ने, एमोनियम सल्फेटले बिरुवाका लागि आवश्यक तत्व प्रदान गर्ने चर्चा गर्दै छोटो समयमा आम कृषकले मललाई रुचाएको बताए ।
कर्पाेरेशनले ती दुई मल आयात गरी बिक्री वितरण गरेको तीन महिना मात्र भएको छ । यस अवधिमा करिब ३० हजार मेट्रिक टन खपत भइसकेको जनाएको छ । अर्काेतर्फ अनुदानित युरिया मलबाट ४६, डाइएमोनियम फस्फेटबाट १८ र म्यारेट अफ पोटासबाट ४६ प्रतिशत तत्व माटोको पौष्टिक सन्तुलन मिलाउन प्राप्त हुने गर्दछ । यसका अतिरिक्त अन्य १३ वटा तत्व पनि बिरुवाका लागि आवश्यक पर्छ । यी आवश्यक तत्व कर्पाेरेशनले बिक्री वितरण गरेका मलबाट प्राप्त हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पत्रकार सम्मेलनमा बताए । उनले रासायनिक मलको समुचित प्रयोगका बारेमा आम कृषकलाई उनीहरुकै घर आँगनमा पुगी जानकारी दिने सचेतना कार्यक्रम जारी रहेको बताए ।
कर्पाेरेशनका व्यापार निर्देशक पंकज जोशीले सरकारले अनुदान दिएको मलभन्दा कर्पाेरेशनले आयात गरी बिक्री वितरण गरेको मल सस्तो रहेको जानकारी दिनुभयो । उहाँले एमोनियम सल्फेट प्रतिकेजी रु १८ र सिङ्गल सुपर फस्फेट २६ रुपैयाँ ५० पैसामा बिक्री वितरण भएको बताए । कर्पाेरेशनका कृषिविज्ञ भगवानप्रसाद खतिवडाले एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट मल विश्वबजारमा निस्केका पुरानो र विश्वसनीय मल रहेको चर्चा गरे । उनले एमोनियम सल्फेटमा २१ प्रतिशत नाइट्रेजन तथा २४ प्रतिशत सल्फर हुने र सिङ्गल सुपर फस्फेटमा १६ प्रतिशत फस्फोरस, १२ प्रतिशत सल्फर र २१ प्रतिशत क्याल्सियम हुने जानकारी दिए ।

प्रकाशित मिति: मङ्लबार, पुस १८, २०७४