शुक्रबार, चैत्र १६, २०८०

२९ करोडको दूध उत्पादन

धनकुटा, १ माघ । जिल्लामा यसवर्ष अहिलेसम्म रु २९ करोड ४३ लाख ६८ हजार बराबरको दूध उत्पादन भएको छ । किसानको उन्नत जातका गाईपालनमा आकर्षण बढेसँगै दूध उत्पादनमा वृद्धि भएको हो । गतवर्ष १२ हजार मेट्रिक टन दूध उत्पादन भएकामा यसवर्ष १३ हजार ८३ मेट्रिक टन उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयको तथ्यांक उल्लेख छ ।
जिल्लाका विभिन्न क्षेत्रबाट दैनिक रु १६ लाख ६५ हजार बराबरको ३७ मेट्रिक टनभन्दा बढी दूध उत्पादन हुने गरेको छ । खेतीयोग्य जमिन बाँझिन थालेपछि अम्रिसो, नेवारो, टाँकी, पट्मेरो, दुधिलोलगायत उन्नत जातका घाँस रोपेर व्यावसायिकरूपमा उन्नत जातका गाई र भैँसी पालेका कारण दूधबाट पर्याप्त आम्दानी हुन थालेको महालक्ष्मी नगरपालिका–४ का चेतन कार्कीले बताए ।

प्रकाशित मिति: सोमवार, माघ १, २०७४