बिहिबार, बैशाख ६, २०८१

हर्मेटिक प्रविधिबारे कार्यशाला

काठमाडौं, कार्तिक । विश्वमा नै खाद्य संकटको चर्चा चलिरहेका बेला नेपालमा उत्पादित कृषि उपजको सुरक्षित भण्डारणका लागि अपनाईने प्रविधिहरुका बारेमा पोष्ट हार्भेष्ट प्रविधिको जानकारी दिने उदेश्यले मेरो एग्रो नामक संस्थाले कार्यशाला गोष्ठि सम्पन्न गरेको छ ।mero
पोष्ट हार्भेष्टका अवस्थामा हुन सक्ने क्षति न्यूनिकरण गर्नका लागि हर्मेटिक प्रविधिको प्रयोग गर्दा उत्पादन पश्चात भण्डारणका अवधिमा हुने कृषि उपजको क्षतिमा कमी ल्याउन सकिने कृषि विज्ञहरुले बताएका छन् ।
कार्यक्रममा मेरो एग्रोका प्रवन्ध निर्देशक श्रीकृष्ण श्रेष्ठले हर्मेटिक प्रविधि मार्फत किसानहरुले उत्पादन गरेका कृषि उपज सुरक्षित गराउने अभियानमा आफूहरु जुटेको बताउँदै व्यापार भन्दा पनि लामो समयदेखि किसानहरुले भोगेको समस्या समाधान गर्न आफूहरु लागेको बताए ।
उनले आफ्नो संस्था स्थापनादेखि नै खाद्य सुरक्षालाई महत्व दिएर अगाडि बढिरहेको समेत बताए । कार्यक्रममा फिलिपिन्सबाट आएका कृषि विज्ञ टोम डे ब्रुइनले विश्वमा बढ्दै गईरहेको कृषि उत्पादन पश्चात भण्डारणका अवस्थामा देखिएका क्षति न्यूनिकरण गर्नका लागि हर्मेटिक प्रविधि प्रयोग गर्न सक्ने हो भने अहिले भईरहेको क्षतिमा ९७ प्रतिशत भन्दा बढी क्षतिलाई कम गर्न सकिने बताए ।
सोही कार्यक्रमका धानविज्ञ भोलामान सिंह बस्नेतले नेपालमा धान बालीमा हुने गरेको क्षति अत्यधिक भएकाले गहुँ, मकै, कोदो जस्ता कृषि उत्पादनको पनि क्षति न्युनिकरण र सुरक्षित भण्डारणका लागि हर्मेटिक प्रविधि उपयुक्त भएको बताए ।
कार्यक्रममा इरी नेपालका डा भवप्रसाद त्रिपाठीले फिलिपिन्समा गरिएको हर्मेटिक प्रविधिका बारेमा जानकारी दिनु भएको थियो भने । डा अमर शाह, मिरा देवकोटा लगायत सहभागीहरुले हर्मेटिक प्रविधिको नेपालमा प्रयोगको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा नेपालमा हर्मेटिक प्रविधि कसरी प्रवेश गरिएको थियो र विश्वमा कसरी हर्मेटिक प्रविधि विस्तार भईरहेको छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा ठूला कृषि व्यवसायी, बीउ उत्पादक, कृषि सहकारी संघसंस्था, कृषक समुहहरुका लागि विभिन्न प्रकोपबाट कृषि उपज सुरक्षित तरीकाले भण्डारण गर्न सकिने कोकुनका विषयमा पनि जानकारी गराएको थियो । ठूला किसान एवं सहकारी, समूह, बीउ भण्डारण गर्नेहरुका लागि लक्षित गरी तयार गरिएको समेत बताइएको छ ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २१, २०७४