शुक्रबार, बैशाख ७, २०८१

सुगर मिलले दिन थाल्यो किसानलाई उखुको भुक्तानी

विराटनगर, जेठ । किसानले चिनी मिलबाट उखुको भुक्तानी पाउन थालेका छन् । सुनसरी–मोरङ उखु संघका अध्यक्ष शैलेन्द्रराज पाण्डेका अनुसार सुनसरीको अमडुवास्थित इस्टर्न सुगर मिलले किसानलाई प्रति क्विन्टल ५३१ रुपैयाँ २१ पैसाको दरले उखुको भक्तुानी गर्नुपर्ने सम्झौता भएपनि रु ५०१ का दरले भुक्तानी गरिरहेको जानकारी गराएका छन् ।

उनले भने,“लगभग ५० प्रतिशत किसानले उखुको भुक्तानी प्राप्त गरिसकेका छन्,”। आउने असारसम्ममा सबै किसानले उखुको भुक्तानी लिइसक्ने र बक्यौता रकम पछि भुक्तानी गर्ने मिलसँग सल्लाह भएको समेत पाण्डेले बताएका छन् । सुनसरी–मोरङका गरी करीब पाँच हजार किसानले ६ हजार ५०० बिगाहा जग्गामा उखु लगाउने गरेका छन् । इस्टर्न सुगर मिलको वार्षिक ३० लाख क्विन्टल उखु पेल्ने क्षमता छ । मिललाई यसवर्ष ११ लाख ७८ हजार क्विन्टल मात्र उखु उपलब्ध भएको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ११, २०७५