शुक्रबार, चैत्र १६, २०८०

सिँचाइ योजना पाँच वर्ष टिकेन

जाजरकोट फागुन । करिब रु २३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन भएको छ । नलगाड नगरपालिका–८ हल्चौरमा रहेको सिँचाइ योजना प्रयोगविहीन अवस्थामा छ । स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३०० भन्दा बढी घरधुरीलाई सिँचाइ सुविधा उपलब्ध गराउन सिँचाइ योजना निर्माण गरिएको थियो ।
पाँच वर्ष नबित्दै हल्चौरका स्थानीयवासी सिँचाइ सुविधा उपभोग गर्नबाट वञ्चित भएका छन् । लिली हेल्पटासको आर्थिक सहयोगमा मुलाखोलाबाट पाइपमा पानी ल्याई हल्चौर गाउँमा पाँचवटा प्लास्टिक पोखरीमा पानी जम्मा गरी स्थानीयवासीलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यले उक्त योजना निर्माण गरिएको थियो ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन ३, २०७४