शनिबार, बैशाख ८, २०८१

सम्पादकलाई मातृ शोक

काठमाडौं, ११ पुस  ।  कृषि साप्ताहिक, कृषि आनलाईनका सम्पादक तथा कृषि पत्रकार समाजका अध्यक्ष बैकुण्ठ भण्डारीलाई मातृ शोक परेको छ । पत्रकार भण्डारीको माता तुलसा भण्डारीको आज विहान स्वार्गारोहण भएको हो । भण्डारी लामो समय देखि विरामि हुनु भएको थियो । पछिल्लो समय उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । भण्डारीका दुइ छोरा र दुई छोरी छन् । उहाँ ६९ वर्षको उमेरमा परलोक हुन भयो । कृषि साप्ताहिक, कृषि आनलाईन तथा कृषि पत्रकार समाज परिवार मृत आत्माको चिरशान्तिको कामना गर्दै पत्रकार भण्डारी परिवारमा हार्दिक समबेदना प्रकट गर्दछ ।

प्रकाशित मिति: मङ्लबार, पुस ११, २०७४