बिहिबार, चैत्र १५, २०८०

सगुनको २५ बर्षमा जीविकोपार्जका कार्यक्रम

काठमाडौं, कार्तिक । २५ वर्ष अगाडि सामाजिक रुपान्तरणका लागि स्थानीय जनताको सहभागिता अनिवार्य हुनु पर्ने सवालमा वकालत गर्नका लागि स्थापना भएको सगुन संस्थाले २५ बर्ष पूरा गरेको छ । यो अवधिमा सगुनले जीविकोपार्जन सुधारका लागि विभिन्न जिल्लामा स्थानीय तहमा नै पुगेर कृषि उत्पादन तथा पशुपालनलाई महत्व दिंदै आएको छ ।
कृषि क्षेत्रमा आएका नयाँ प्रविधि मार्फत कृषि उत्पादकत्व बृद्धि गर्न सकिन्छ र त्यसका लागि स्थानीय तहमा नै प्रविधि विस्तार गर्नु पर्ने योजना अनुरुपमा सगुनले ग्रामिण भेगमा रहेर कृषि प्रविधि सम्वन्धि जानकारी, सीप विकास, प्रविधि विकास लगायतका तालिम प्रदान गर्दै आईरहेको छ । त्यत्ति मात्र नभई साना किसानहरुलाई लक्षित गरी किसानहरुको आवश्यकता अनुसारको विभिन्न प्रविधि, कृषि सामग्री समेत निःशुल्क प्रदान गर्दै आईरहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि रहनु भएका जापानका लागि पूर्व नेपाली राजदूत डा गणेश योञ्जनले नेपालमा विकासका नाममा पश्चिमाहरुको मोडल जर्वजस्ती लादिएको बताए । साथै उनले स्थानीय सरकारलाई दिएको अधिकारमा अंकुश लगाएको समेत बताए ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २१, २०७४