शुक्रबार, चैत्र १६, २०८०

रोगले सुन्तला खेतीमा ह्रास

चितवन, पुस । ‘हरास’ रोगका कारण  चितवनमा यस वर्ष सुन्तलाको उत्पादन घटेको छ । बोटको टुप्पो सुक्दै गएर मर्ने यो रोगका कारण जिल्लामा यो वर्ष झण्डै २० प्रतिशतले सुन्तला उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । यसलाई कृषि प्राविधिकहरू सुन्तलामा लाग्ने ‘क्यान्सर’ रोग भनेर पनि टिप्पणी गर्छन् । यो रोगकै कारण अहिले चितवन र यस आसपासका क्षेत्रमै सुन्तला उत्पादनमा प्रभाव परिरहेको छ । यही रोगका कारण चितवनमा यो वर्ष सुन्तलाको उत्पादन समेत गिरावट आएको छ ।सुन्तलाको खेती गरिएको जग्गा भने चितवनमा अघिल्लो वर्ष र यो वर्ष बराबर नै हो । २३९ हेक्टर जग्गामा सुन्तला खेती गरिएकामा उत्पादन दिने सुन्तला भने गत वर्ष २०६ हेक्टर र यो वर्ष २१० हेक्टर रहेको तथ्याङ्क जिल्ला कृषि विकास कार्यालयसँग छ ।

प्रकाशित मिति: बिहिबार, पुस ६, २०७४