शुक्रबार, चैत्र १६, २०८०

मुक्तकमैया सामूहिक माछापालनमा

महेन्द्रनगर, १ पुस । कञ्चनपुरको बेलौरी नगरपालिका– ५ का मुक्तकमैया सामूहिक रूपमा माछापालन गरेर आम्दानी गरिरहेका छन् । यहाँ करिब आठ हेक्टरमा रहेको प्राकृतिक ताललाई व्यवस्थित गरेर सोभाताल मुक्तकमैया शिविरमा बस्दै आएका ७९ किसानले व्यावासायिक रूपमा माछापालन गर्दैआएका छन् ।
विसं २०६० देखि नै सोभातालमा माछापालन गरिए पनि व्यवस्थित नहुँदा आम्दानी मनग्य हुनसकेको थिएन । विभिन्न दातृ निकायले पोखरी स्तरोन्नती गर्न तथा डिल निर्माणलगायत प्राविधिक सहयोग गरेपछि मुक्तकमैयाले विगत केही वर्षयता समूहमार्फत माछापालन गर्न थालेका हुन् ।
सोभाताल व्यावसायिक माछापालन समितिका कृपाराम चौधरीका अनुसार पोखरीको डिल बनाउन र पानीका लागि मोटर, बोरिङका लागि दातृ निकायको सहयोग पाएपछि मुक्तकमैयाले श्रमदान गरेर तालमा माछापालन गर्न मन लगाएका हुन् । चौधरीले भने–“विगत वर्षमा वार्षिक रु तीन लाखसम्म नाफा भएको थियो ।”
“पहिले रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुन्थ्यो,” चौधरीले भने– “यस याममा रु १० लाखको माछा बिक्री गर्ने योजना बनाएका छौंँ ।” पोखरीको डिलमा कागती खेतीका लागि बाँस रोपिएको छ । स्थानीय माछापालन व्यवसायमा आवद्ध अर्का मुक्तकमैया राधेश्याम चौधरीले तालमा माछापालनका लागि मुक्तकमैया बस्तीमा किसान अग्रसर हँुदै गइरहेको बताए ।

प्रकाशित मिति: शनिबार, पुस १, २०७४