बिहिबार, चैत्र १५, २०८०

महिलाहरु करेसाबारीबाटै जीविकोपार्जन गर्दैै

ओखलढुङ्गा, १२ मंसीर । ओखलढुङ्गाका ग्रामीण स्थानका महिला तरकारी खेतीमा जुट्न थालेका छन् । श्रीमान् वा घरमूलीप्रति आश्रित ग्रामीण समाजमा महिला तरकारी खेतीमा लाग्न थालेका हुन् । सुरुमा आफू र आफ्नो परिवारलाई मात्रै तरकारी पु¥याउन हम्मेहम्मे पर्ने हाम्रो जस्तो ग्रामीण समाजका महिला तरकारी खेतीमा जुटेपछि जीविकोपार्जन समेत गर्न थालेका छन् । karesabari
ओखलढुङ्गाका ग्रामीण समाजका विपन्न परिवारका महिला व्यावसायिक तरकारी खेती गरेर अहिले आत्मनिर्भर हुन थालेका हुन् । उनीहरूले धेरथोर आफ्नै जग्गा जमिनमा तरकारी खेती गरिरहेका छन् ।
तरकारी खेतीमा अग्रसर भएपछि आम्दानी बढ्नुका साथै पारिवारिक जीवनमा खुसीयाली बढेको संलग्न महिलाको भनाइ छ । पहिले श्रीमान् माथि आश्रित आफूहरू तरकारी खेती गरेर कमाउन थालेको सुनकोसी–५ मूलखर्क, चाहलेकी अम्मकुमारी खत्री बताउँँछन् । श्रीमानले मजदुरी गरेर कमाएको आम्दानीले घरखर्च टार्नसमेत धौधौ पर्ने र बालबच्चालाई पढाउन समेत गाह्रो भएका कारण आफू तरकारी खेतीमा लागि परेको खत्रीको भनाइ छ ।
नजिकै रहेको कोषभञ्ज्याङ र फलाटेभञ्ज्याङमा लाग्ने हटियामा आफूले लगाएको तरकारी बेचेर वर्षभरि बालबच्चालाई शैक्षिक सामग्री र घरायसी खर्च चलाउन पुगेको बताउँदैै उनले बाइएन । अब श्रीमानसँग खर्च माग्नुपर्ने अवस्था छैन, केही बचाउन पनि सफल भएकी छु, आफ्नो कमाइले घरको खर्च धान्नुका साथै बालबच्चा पढाउन सजिलो भएको छ ।
खत्रीले चार वर्षदेखि निरन्तर करेसाबारी र थोरै जमिनमा तरकारी खेती गर्दै आएकी छिन्। करेसाबारीको तरकारीको एक सिजनको आम्दानी बीस हजारभन्दा बढी नै हुन्छ । उनले वर्षमा तरकारी हटियामा लगेर र आफ्नो घरमै आउने ग्राहकलाई बेचेर पचास हजारसम्म बचत गरिरहेकी छिन् । मूलखर्ककी खत्री र आसपासका गाउँमा तरकारी खेती गर्दैआएका महिलाले उत्पादन गरेको तरकारी बजारीकरणमा भने समस्या रहेको छ ।
नजिकै रहेका दुईवटा हटिया बाहेक यहाँ कुनै बजार नहुँदा आफूहरूलाई समस्या रहेको स्थानीय महिला बताउँछन् । उनीहरूले कृषि हाट बजारमा लगेर मात्रै आफ्नो उत्पादन बिक्री गरिरहेका छन् ।
जिल्लामा खत्री त प्रतिनिधि पात्रमात्रै हुनुहुन्छ । यहाँका अधिकांश स्थानका महिला तरकारी खेतीमा आकर्षित हुन थालेका छन् । यहाँ पुरुष मजदुरी गरेर कमाइरहेका छन् भने हरेक गाउँका महिला तरकारी खेती गरेर घरखर्च र छोराछोरीलाई पढाइखर्च पु¥याइरहेका हुन्छन् ।

प्रकाशित मिति: मङ्लबार, मंसिर १२, २०७४