शुक्रबार, बैशाख ७, २०८१

मन्त्रालय चारवटा मर्ज, सचिव चाहि पोख्रेल मात्रै ! अरु कहाँ गए ?

काठमाडौं, फागुन । मुलुक संघीयत प्रणालीमा गएको मात्र होइन सातवतै प्रदेशले मुख्य मन्त्री र मन्त्री समेत पाईसकेको अवस्था छ । मुख्य मन्त्री, प्रदेश सचिव तथा मन्त्रालय कहाँ बस्यो के ग¥यो भन्दा पनि केन्द्रीय मन्त्रालयहरुमा भने पुरानै भूत हटेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हाले लगतै मन्त्रालयहरु पनि नयाँ संविधान अनुरुप नै मर्ज गर्ने र संख्या घटाउने काम भयो । सोही क्रममा कृषि विकास मन्त्रालय, पशुपन्छी विकास मन्त्रालय, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भूमि सुधार तथा व्यवस्था मन्त्रालयलाई एउटै मन्त्रालय बनाईयो ।
यी चारवटा मन्त्रालयलाई मर्ज गरेर कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय नामाकरण गरिएको छ । मन्त्रालयको प्रशासनिक ढाँचा भने अझै पनि तयार हुन सकेको छैन । यी चार वटै मन्त्रालयका सचिव,सहसचिव लगायतका कर्मचारी बसेर मन्त्रालयको प्रारुप तयार गर्ने क्रम आईतबारसम्म चलेको थियो ।
हुन त यी चारवटा मन्त्रालय मर्ज भएपनि काम कसरी गर्ने र प्रदेश सरकारसँग कसरी समन्वय गर्ने भन्ने चिन्ता भन्दा पनि मन्त्रालयका जिम्मेवारी बाँडफाँडमा कुन सेवा समूहको बढी बस्ने लडाईमा नै कर्मचारी जुधिरहेका छन् ।
यसै क्रममा चार मन्त्रालयको नाम एउटै त भयो । तर आ आफन्ै किसिमले दैनिक कार्य सञ्चालन पुरानै ढाँचामा अगाडि बढिरहेको छ । चारवटै मन्त्रालयले आफ्नो आधिकारीक वेव पेजमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय नै राखेका छन् । चारवटै मन्त्रालय आफन् मन्त्रीका रुपमा प्रधानमन्त्री केपी ओलीको तस्वीर राखेको देखिन्छ । मन्त्री एउटा मन्त्रालय चार किसिमका भएपनि सचिव को हो भन्ने अझै टुङ्गो लाग्न सकेको छैन । भूमिसुधार मन्त्रालयले वेव पेजमा पुरानै नाम राखेको देखिन्छ भने मन्त्रीका रुपमा केपी शर्मा ओली कृषि, भूमि व्यवस्थ तथा सहकारी मन्त्रालय उल्लेख गरेको छ तर सचिवको नाम भने उल्लखे गरेको छैन । केपी ओलीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री उल्ल्खे गर्ने सो मन्त्रालयको वेवपेजमा मन्त्रालयको नाम पुरानै राख्नुलाई प्रश्न चिन्ह उठाइएको छ ।
यसैगरी मन्त्रालय एउटै भईसकेको अवस्थामा पशुपन्छी विकास मन्त्रालयको वेवपेज भने नखुल्ने बनाइएको छ । त्यस्तै सहकारी तथा गरिवी निवारण मन्त्रालयले पनि वेवपजे निर्माणका क्रममा देखाउँदै मन्त्रालयको नाम नयाँ नै उल्लेख गरेको छ । यद्यपी रोचक कुरा के छ भने कृषि विकास मन्त्रलायले मन्त्रालय मर्ज भएकै दिनदेखि मन्त्रालयको आधिकारीक वेवपेजमा मन्त्रालयको नाम कृषि, भूमि व्यवस्था तथा सहकारी उल्लेख गरेको भएपनि सचिवमा डा. सुरोज पोख्रेलकै नाम उल्लेख गरिएको छ । अरु तीन मन्त्रालयको वेवपेजमा सचिवको नाम नराखि रहेको अवस्थामा कृषि विकास मन्त्रालयले चाहि किन सचिवको पोख्रेलको नाम राखिरहेको छ ? प्रश्न उब्जिएको छ । अन्य मन्त्रालयका सचिव चाहि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय भित्रका सचिव परेनन् वा त्यो मन्त्रालयको सचिव डा. सुरोज पोख्रेलनै हुन् !
मन्त्रालयको आधिकारिक नाम कृषि, भूमि व्यवस्था तथा सहकारी रहेको अवस्थामा मन्त्री केपी शर्मा ओली उल्लेख गर्ने अनि सचिव चाहिं पोख्रेलको नाम मात्र राख्नु उचित हो वा अन्य सचिव त्यस मन्त्रालयको पर्दैनन् भन्न खोजिएको हो स्पष्ट हुनु जरुरी छ । सम्वन्धित निकायले ध्यान दिनु जरुरी छ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २१, २०७४