बिहिबार, चैत्र १५, २०८०

भैसीको दूधबाट मासिक लाख


तनहुँ, बैशाख ४ । तनहुँका एक किसानले भैंसीको दूध बिक्री गरेर मनग्य आम्दानी गरेका छन् ।

व्यास नगरपालिका–१० मंगलीगैरामा व्यावसायीक रुपमा भैंसीपालन गरेर कालिका पौडेलले मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका हुन् ।

कालिका एग्रोफर्म सञ्चालन गरेर उनले भैंसीको दूध दमौली बजारमा बिक्री गर्दै आएका छन् ।

वजारभरी गाईको दूध मात्रै पाईने गरेको र भैंसीको दूध पाउनै मुस्किल भएकाले वजारको मागलाई हेरेर आफूले भैंसीपालन सुरु गरेको पौडेलले बताए ।

उनको फर्ममा अहिले २० वटा भैंसी छन् । उनले दैनिक १ सय ४० लिटरसम्म दूध बिक्री गर्दै आएका छन् ।

कालिका एग्रोफर्मद्धारा सञ्चालित दमौलीमा रहेको कालिका दूध डिपोमा दूध किन्नेहरुको भीड लाग्ने गरेको छ । पौडेलले आफ्नो फर्ममा चार जनालाई रोजगारीसमेत दिएका छन् ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ४, २०७५