बिहिबार, चैत्र १५, २०८०

बुटवलमा एघारौ प्राङ्गारिक कृषि मेला सुरु

बुटवल, ३ फागुन ।“प्राङ्गारिक खेतीको प्रवद्र्धन, स्वस्थ जीवनको अवलम्बन’ भन्ने मुल नाराका साथ बुटवलमा एघारौ प्रांगारिक कृषि मेला सुरु भएको छ । देशभरका ६३ जिल्लाका १ सय २५ वटा स्टलहरु रहेको मेलाको प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले उदघाटन गरे । उदघाट्न कार्यक्रममा बोल्दै प्रमुख झाले खाद्यान्न उत्पादनमा प्रदेश नम्बर ५ लाई नमुना जिल्ला बनाउनकोलागि सबैको साझा पहल जरुरी रहेको बताए ।
उत्पादन र उत्पादकत्व वृद्धिको लागि स्थानीय स्तरबाटनै पहल जरुरी रहेको भन्दै प्रमुख झाले कृषिजन्य उत्पादनको लागि प्रविधिको पनि विकास आवश्यक रहेको र अव बन्ने सरकारले कृषिलाई टेवा पु¥याउने गरी नीति निर्माण गर्ने अपेक्षा व्यक्त गरे । नगदे वाली उत्पादनमा किसानहरुले जोड दिनुपर्ने भन्दै उनले किसानहरुले खाद्यान्न उत्पादनमा पनि विविधीकरण गर्नुपर्ने धारणा राखे ।
नेपाल सरकार कृषि विकास मन्त्रालय, कृषि विभाग, क्षेत्रीय कृषि निर्देशनालय, जिल्ला कृषि विकास कार्यालय रुपन्देही र बुटवल उद्योग बाणज्यको संयुक्त आयोजनामा प्रांगारिक कृषि मेला सुरु भएको हो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले देश समृद्धिको आधार कृषिमा लगानी गर्नुपर्ने जानकारी दिदै अवको नीति कृषि मैत्री बन्नुपर्नेमा जोड दिएका थिए ।
कृषि विकास मन्त्रालय कृषि विभागका निमित्त महानिर्देशक सुर्य प्रसाद पौडेले विश्वमा प्रविधिको विकास संगै विषादीहरुको पनि उत्पादन बढेको भन्दै विषादीको असर कम गर्न जनस्थरमा जनचेतना फैलाउनको लागि कृषि मेला आयोजना गरिएको जानकारी दिए । उनले विभिन्न निकायको सहयोगमा विभागले १० वटा मेला सम्पन्न गरेको जानकारी दिदै यसलाई निरन्तता दिने समेत बताए । -कृष्ण खनाल

प्रकाशित मिति: बिहिबार, फाल्गुन ३, २०७४