शुक्रबार, चैत्र १६, २०८०

प्लटिङ्गले धानखेती मासिंदै

सुनसरी, १२ मंसिर । शहरीकरणसँगै पछिल्लो समय पूर्वका धेरै स्थानमा जग्गा प्लटिङ्गका नाममा खेतीयोग्य जमीन मासिंदै गएका छन् । बर्षौंदेखि खेती गर्दै आएका जग्गा प्लटिङ्ग गर्दै महंगोमा जग्गा खरिद विक्री हुन थालेपछि खेतीयोग्य जमीन घडेरीमा परिणत हुन थालेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. ४,५,६ साविक पाँचकन्या गाविसलाई कृषि पकेट क्षेत्रमा लिने गरिएको थियो । धान तथा सागसव्जी उब्जनीको हिसावले पाँचकन्याले सुनसरीको चार मागमध्ये एक भाग ओगट्ने गरेको थियो ।
खेतीयोग्य जमीन धमाधम प्लटिङ्ग हुने क्रमले तीव्रता पाए कै कारण विगतको तुलनामा धानखेती घट्दै गईरहेको बताइएको छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर १२, २०७४