मङ्लबार, बैशाख ११, २०८१

प्रधानमन्त्रीको निर्देशन लत्याउँदै कृषि सचिव ! कर्मचारी विदेश प्रस्थान गर्दै

काठमाडौं, फागुन । कृषि विकास मन्त्रालयका सचिव डा. सुरोज पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनलाई लत्याउने काम गरेका छन् । सरकारको नेतृत्व लिए लगतै केपी ओली नेतृत्वको नयाँ सरकारले सरकारी रकममा कुनै पनि कर्मचारीहरुलाई विदेश भ्रमण जानबाट रोक्ने निर्णय गरेको छ ।
तर प्रधानमन्त्रीले निर्देशन दिएको दुई दिन पनि वित्न नपाउँदै कृषि विकास मन्त्रालयको आधा दर्जन टोली शनिबार युगाण्डा प्रस्थान गर्दै छ । प्रधानमन्त्री कार्यालयले सो भ्रमण रोक्न निर्देशन दिएको भएपनि सचिव पोखरेले थाहा नपाएको जस्तै गरी कर्मचारी विदेश उडाउने नीति लिएका छन् ।
कृषि विकास मन्त्रालय मातहतमा रहेको कृषि तथा खाद्या सुरक्षा आयोजना मार्फत सो टोली युगाण्डा प्रस्थान गर्न लागेको हो । सरकारले विदेश नजान निर्देशन दिंदा दिंदै पनि विदेश जान लागेको विषयमा प्रश्न गर्दा आयोजना निर्देशक  काञ्चन पाण्डले कृषि खाद्य सुरक्षा आयोजना जस्तै आयोजना युगाण्डामा पनि सञ्चालन हुन लागेकाले आफूहरु सो अवलोकन भ्रमण गर्न जान लागेको बताए ।
मुगु, जुम्ला, डोल्पा, हुम्ला, कालिकोट, रुकुम, रोल्पा, प्यूठान, सल्यान, सुर्खेत, दैलेख , जाजरकोट, बझाङ, बाजुरा, वैतडी, डडेल्धुरा, डोटी, दार्चुला र अछाम कार्यक्षेत्र बनाएर सञ्चालन भएको सो आयोजनाले सो क्षेत्रका जनताका लागि खाद्य सुरक्षाको चर्का कुरा गरे पनि सो क्षेत्रका जनताको आवश्यकता अनुरुप काम गर्न सकेको देखिंदैन । तर त्यही क्षेत्रका पीडित जनताको नाममा आएको रकमबाट युगाण्डा जादैं छन् ।
कृषि तथा खाद्य सुरक्षा आयोजना विश्व वैकको अनुदानमा सञ्चालित आयोजना हो ।  युगाण्डा भ्रमण गरेर आयोजनाको करीव आधा करोड सिध्याउने भएको छ । आधा करोड सिध्याएर युगाण्डा जाने नेतृत्व मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव काशी राज दाहालले लिएका छन् भने सो टोलीमा  आयोजना निर्देशक, काञ्चन पाण्डे, डा सुृधिर सिंह, गोकर्ण आचार्य, अशोक यादव, राजेन्द्र अधिकारी, सुर्य पौडेल रहेका छन् ।
आयोजना निर्देशकले यस विषयमा अन्य कुरा बताउन नचाहे पनि आठ दिने युगाण्डा भ्रमणका लागि ४२ लाख खर्च छुट्याइएको आयोजना श्रोतले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन ११, २०७४