शुक्रबार, चैत्र १६, २०८०

पर्वतमा मोरिंगाको खेती शुरु

पर्वत, कार्तिक । अपहेलित बालीका रुपमा चिनिने मोरिंगा (शीतल चिनी) गत वर्षदेखि जिल्लामा लगाउन शुरु गरिएको छ । फलेवास नगरपालिका–४ मुडिकुवा र वडा नं ५ देवीस्थान लगायतका ठाउँमा मोरिंगा लगाउन थालिएको हो । मोरिङ्गाबाट खाद्य पदार्थ, औषधिसमेत बनाउन सकिन्छ । तराईतिर सोहिजन, सैजन, सजिउन, मुनका आदि नामले चिनिने उक्त बाली यस क्षेत्रमा शीतल चिनीको नामले प्रख्यात छ ।
मोरिंगाको कलिलो कोसा बिक्री भएको पाइएता पनि यसको अन्य भागको उपयोगिताबारे उपभोक्ता अनभिज्ञ छन् । मोरिंगाको फल मानिस, पशु र बालीका लागि पोषणयुक्त मानिन्छ । रोग किरा खासै नलाग्ने हुँदा व्यावसायिक उत्पादनको धेरै सम्भावना रहेकाले यसको खेती शुरु गरिएको पर्वत सामुदायिक खाद्य प्रशोधन उद्योगका सञ्चालक थानेश्वर भुसालले बताए ।

प्रकाशित मिति: बुधबार, कार्तिक २९, २०७४