शुक्रबार, बैशाख ७, २०८१

नेपालमा विषादी प्रयोग मुक्त सप्ताह मनाइदै

काठमाडौं, पौष १६ । नेपालमा विषादी प्रयोग मुक्त सप्ताह मनाउने भएको छ । बाली संरक्षण निर्देशनालयले आज पत्रकार सम्मेलन गरी निर्देशनालयका कार्यक्रम प्रमुख अच्युत प्रसाद ढकालले यहि पौष १७ देखि २३ सम्मा ‘घातक विषादी मुक्त संसार; स्वस्थ जीवन र पर्यावरणको आधार’ भन्ने मुल नाराका साथमा भब्य रुपमा मनाउने जानाकारी दिएका छन । नेपालमा रासायनिक विषादीको प्रयोग प्रति र्बष बढ्दै गएको ढकालले भनाई थियो । नेपालमा विषादीको बढदो प्रयोागले विभिन्न किसिमले मानव स्वस्थ्यमा असर पदै गएको छ । संसारमा हरेक बर्ष विषदीको कारण चार करोड मानिसलाइ कुनै न कुनै हिसाबमा असर गरीरहे्को अनुमान गरीएको एक तथ्यांकले देखाएको छ । तथ्याकंनकै हिसाबमा विश्वमा विषदीकै कारण बार्षिक करीब ३ लाख ५५ हजार मानिसको मूत्यु हने गरेको छ । विषादी प्रयोग मुतm सप्ताह मनाउदा बढ्दो विषादिको असरका बारेमा जनचेतना जगाउन, विषादि प्रयोगले पर्ने मानव जिवनमा नकारात्मक असरको बारेमा जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन । विषादि प्रयोगको नकारात्मक असर बारेमा जनाचेतना अभिवूद्धि गनुको साथै विषादि प्रयोको न्युनिकरण गर्न सहयोग पुग्ने बताएका छन । –धिरेन्द्र बस्नेत

प्रकाशित मिति: आइतवार, पुस १६, २०७४